 
                     
                                
                             
                                    काठमाण्डौ । एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दि इयर २०२०”बाट सम्मान गरेको छ ।
यो सम्मान बैंकले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो ।
बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितका लागि गरिने पहलहरुजस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ ।
बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामीण भेगहरुमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
यसै क्रममा बैंक आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19