काठमाण्डौ । माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एन.बि.आई)बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। 

सम्झौताअनुसार एन.बि.आईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउनेछ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एन.बि.आईका तर्फबाट प्रमुखकार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे ।

बैंकमा हाल करिब ९९५ कर्मचारी रहेका छन् ।

हाल यो बैंकको देशभर ८६ शाखा, २ एक्सटेन्स काउण्टर, २९ शाखा रहित बैकिङ्ग र ९९ वटा एटीएमहरु रहेका छन् ।