काठमाण्डौ । माछापुच्छ्रे बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. र नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी छुट्टा छुट्टै सम्झौता भएको छ । 

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्की र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द«को तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले ओम हस्पिटलका सेवाहरुमा ७ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

ओम हस्पिटलले उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई प्याथोलोजी, अल्ट्रासाउन्ड, जेनरल हेल्थ चेकअप, सि. टि. स्क्यान/एक्सरे, म्यामोग्राफि, इ.सि.जि., इको, इन्डोस्कोपी, कोलोनोस्कोपी,डेन्टलउपचार, अपरेसन चार्ज, बेड चार्ज, मेडिकल चार्ज रल्याब एण्ड रेडियोलोजी सेवामा ७  प्रतिशत छुट दिने भएको छ । 

त्यसैगरी, अर्को सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

नेपाल क्यान्सर अस्पतालले क्यान्सर सम्बन्धी उपचार गराउन आउने बैंकका ग्राहकहरूलाई रेडियोलोजी, ल्याबोरेट्री, बेड चार्ज र अस्पतालमा उपलब्ध क्यान्सर स्क्रिनिङ्ग प्याकेजमा १० प्रतिशत छुट दिने भएको छ । साथै, अस्पतालको रेडिएसन् थेरापी र ब्राकिथेरापी सेवामा पनि ग्राहकहरूले ५ प्रतिशत छुट पाउने भएका छन् । नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्द्र क्यान्सर रोग सम्बन्धी सेवा प्रदान गर्ने नेपालकै उत्कृष्ट अस्पतालको रुपमा स्थापित भइसकेको छ।