काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको डबल अफर प्रस्ताव गरेको छ । 

यो कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन आउनेछ । 

प्रस्तावित बोनस सेयर वितरणपछि यो कम्पनीको चुक्तापूँजी बढेर ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

यो कम्पनीले गत वर्ष १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।