काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा मोरङ्ग जिल्लाको उर्लाबारीमा शुक्रबार आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले उक्त शाखा कार्यालयको समुद्घाटन गरे । 

शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुखअतिथि फागोले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरेका थिए । 

शाखा कार्यालयहरुको समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोबिन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो।