काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारी महिनाव्यापी रुपमा घोषणा गरे बमोजिमका सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ । 

बैंकले देशव्यापी कार्यक्रमअन्र्तगत वीरगञ्ज, विराटनगर, पोखरा,भैरहवा, नेपालगञ्ज, नारायणगढ, हेटौडा, मणीग्राम, बनेपा, इटहरी, बिराटचोक, धनगढि, घोराही, दमक शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

धादिङ्गबेशी, मेलम्ची, आरुघाट, सिन्धुली, फिदिम, विजुवार, गाईघाट, सल्यान ,रुकुम ,ओखलढुंगा, घोराही, मालिङ–क्व्होलासोंथर, भुलभुले, राइनास, बाहृबीसे, लेखनाथ,बेशीशहर,गौंडा, याङवरक, माईजोगमाई, जानकी, माण्डवी,सुनवर्सी, पकाहमैनपुर, आदर्श शाखाहरुबाट सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई जनही रु ५०००।– को छात्रवृत्ति प्रदान गरेको छ ।

पुनश्चः बैंकले वार्षिकोत्सवकै दिनमा पशुपति क्षेत्रमा ३०० वटा बृक्षारोपण गरी उक्त विरुवालाई ५ वर्षसम्म मलजल र संरक्षण गरी हुर्काउने जिम्मेवारी पनि वहन गरेको थियो साथै कमलादी शाखा, काठमाण्डांैमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भए पनि सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको कुरा बैंकका निमित्त प्रमुखकार्यकारी अधिकृत सुजितकुमार शाक्यले बताए ।

चालु आर्थिक वर्षको प्रथमचौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुलशाखा संख्या७१ रहेको छ ।