काठमाण्डौ । आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा मुक्तिनाथ विकास बैंकले थालेको सामाजिक अभियान जारी रहेको छ । 

यो क्रममा उसका विभिन्न शाखाले विभिन्न सामाजिक सेवासँग सम्बद्ध कामहरु गरेका छन् । 

बैंकले जारी गरेको विज्ञप्तिअनुसार सिरहाको लाहान शाखाले लाहान बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ । 

यस्तै, काठमाण्डौंको ठमेल शाखाले मानव सेवाआश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण तथा केन्द्रीयत कार्यालय काठमाण्डौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । 

बैंकले आफ्नो वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमका साथ मनाएको हो ।