काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटडले सातवटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ ।
स्थानीय स्तरबाटै सहज र सरल तवरले काम गर्न सजिलो होस् भन्नका लागि राष्ट्रबैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।
जसअन्तर्गत प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगरमा, प्रदेश नं.२ कोे वीरगञ्जमा, प्रदेश नं.३ को नारायणचौर(नक्साल)मा तोकिएको छ ।
त्यस्तै गण्डकी प्रदेशको कार्यालय पोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ ।
प्रदेश नं.१ को प्रादेशिक कार्यालयले ९ वटा शाखा, प्रदेश नं २, ४¬(गण्डकी प्रदेश), ६(कर्णालीप्रदेश) र ७ ले ६ वटा शाखा, प्रदेश नं ३ ले ३५ वटा र प्रदेश नं ५ ले १० वटा शाखाको कार्यसम्पादनमा समन्वय गर्नेछ ।
बैंकिङ्ग सेवा नपुगेका स्थानीय तहमा कार्यालय खोल्ने नेपाल राष्ट्रबैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बैंकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ साथै ८ वटा एक्सटेन्सन काउण्टर, ९ वटा राजश्व संकलन एक्सटेन्सन काउण्टर, ४७ वटा शाखारहित बैंकिङ सेवा तथा १०९ वटा एटिएमबाट आफ्नो वित्तीय सेवालाई फराकिलो पारेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago