काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य मुनाफा घटेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म यो बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६८ प्रतिशतले घटेर १ अर्ब ७२ करोडमा सीमित भएको हो । 

बैंकको खूद नाफा भने करिब ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ८३ करोड रहेको खूद नाफा बढेर यो वर्ष १ अर्ब ९७ करोडको उचाईमा पुगेको हो । 

बैंकले २ अर्ब ६१ करोडमा सीमित संचालन मुनाफा बढाएर २ अर्ब ८४ करोडको उचाई चुमाएको छ भने २ अर्ब ६८ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर ३ अर्ब ३१ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ४२ अर्ब निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेपतर्फ ९.४४ प्रतिशत प्रगति गरेको बैंकले कर्जातर्फ भने  १२.०९ प्रतिशतले बढोत्तरी गरेको देखिएको छ । 

यो बैंकको रिजर्ब झनै मजबुत भएको देखिएको छ । अघिल्लो वर्ष ९ अर्ब ९१ करोड रहेको रिजर्ब बढेर यो वर्ष ११ अर्ब ९७ करोडको उचाई चुमेको हो । 

बैंकको खराब कर्जा अनुपात(एनपिएल) भने बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १.१२ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात बढेर २.०४ प्रतिशत पुगेको हो । यो भनेको ८२.१४ प्रतिशतको बढोत्तरी हो, बैंकको बित्तीय स्वास्थ्यका लागि यो अशुभ संकेत हो ।

अघिल्लो वर्षको तुलनामा बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ३४.४५ रुपैयाँ रहेको इपीएस घटेर यो वर्ष ३१.३८ रुपैयाँ कायम भएको हो । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १९५.१३ रुपैयाँ कायम भएको छ ।