काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले काभ्रेको एक विद्यालयलाई ६० वटा डेक्सबेञ्च हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश नं. ३, काभ्रेपलाञ्चोक जिल्ला, रोेशी गाउँपालिका मंगलटार स्थित मंगल जनबिजय क्याम्पसका बिद्यार्थीहरुलाई अध्ययनमा सुबिधा पुर्याउने उद्देश्यले शनिवार एक कार्यक्रमका बीच ६० वटा डेक्सबेञ्च प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले क्याम्पस प्रशासनलाई बैंकबाट उपलब्ध डेक्सबेञ्च हस्तान्तरण गरेका थिए ।
साथै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ्ग चेतनामूलक शिक्षा प्रदान गरेका थिए ।
समारोहमा संघीय संसदका सदस्य शशी श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19