बैंकक (रासस/एएफपी) । थाइल्याण्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टीलाई अदालतले विघटन गरिदिएको छ ।
देशका पुर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले बिहीबार विघटन गरिदिएको अधिकारीहरुले बताएका छन् ।
पुर्वनिर्धारित कार्यतालिका अनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन एक हप्ता बाँकी रहदाँ अदालतले सो पार्टी विघटनको फैसला गरेको हो ।
राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ ।
संवैधानिक अदालतका नौ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको समाचारमा जनाइएको छ ।
थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गर्नुभएको थियो ।
प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएकी राजकुमारीलाई निर्वाचन आयोगले उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको थियो ।
उहाँले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उहाँका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उहाँलाई अयोग्य घोषणा गरेको हो ।
राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाई अनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो ।
थाइल्याण्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाइन्छ ।
राजाकै आसय र असन्तुष्टिलाई ध्यानमा राखेर निर्वाचन आयोगले राजकुमारी महिडोललाई निर्वाचनमा सहभागी नगराउन अयोग्य घोषणा गरेको अधिकारीहरुले बताएका छन् ।
आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफु उम्मेदवार बन्ने बताउनुभएको थियो ।
यसरी राजपरिवारलाई विवादमा तानेको र गलत राजनीतिक चलखेल गरेको भन्दै रक्षा दाललाई निर्वाचनमा भाग लिन नपाउने गरी बन्देज लागेको छ ।
थाइल्याण्डमा यही मार्च २४ तारिखमा आम निर्वाचन हुन लागेको छ । अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेताहरुलाई एक दशक सम्म राजनीतिमा प्रतिबन्द पनि लगाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago