काठमाण्डौ । ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ साल माघ १४ गते सोमबार साँझ आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ज्योति विकास बैकले राहात स्वरुप पचास हजार सहयोग गरेको छ ।

फाल्गुन २५ गते शनिबार ललितपूर–१ प्रतिनिधिसभा सदस्य नवराज सिलवाल, प्रदेशसभा सदस्यहरु चेतनाथ सञ्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टीका नेताहरु हरिकृष्ण ब्यञ्जनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नवराज सञ्जेल, निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकुमारी राहत तथा सहयोग संकलन समितिमार्पmत ज्योति विकास बैंकले सहयोग गरेको रु पचास हजार समेत गरी रु सात लाख पाँचहजारको चेक हस्तान्तरण गरिएको छ ।

ज्योतिबिकास बैकले राहात स्वरुप प्राप्त भएको रकम जम्मा गर्नका लागि चापागाउँस्थित शाखा कार्यालयमा खाता खोली बिशेष प्रबन्ध मिलाइएको थियो ।