काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बैंक स्टेट बैंक अफ इण्डिया(एसबीआई)ले आफ्ना ग्राहकहरुलाई सचेत गराएको छ । एसबीआईले चेतावनी दिंदै भनेको छ कि बढ्दो बैंक फ्रड(ठगी)का घटनाहरुबाट बच्न ग्राहकहरु सावधान हुन आवश्यक छ ।

यस्तो ठगी अनलाइन कारोबार गर्दा मात्र नभई एटीएमबाट समेत भइरहेको बैंकद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

एसबीआईले आफ्ना ग्राहकलाई आफ्नो खातालाई सुरक्षित राख्ने सल्लाह समेत दिएको छ । 

एसबीआई बैंकले अलर्ट गर्दै भनेको छ कि ग्राहकहरुले यस्तो गल्ती बिल्कुल गर्नुहुन्न, जसका कारण उनीहरुको बैंक अकाउण्ट खालि नहोस् । 

एसबीआईले समय–समयमा आफ्ना ग्राहकहरुलाई सचेत गराउने गर्छ । साथै, सुरक्षित बैंकिङका लागि बेला–बेला विभिन्न टिप्स समेत दिने गरेको छ। 

पब्लिक इन्टरनेटबाट अनलाइन कारोबार नगर्नू

एसबीआई बैंकले के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने बिषय समेत आफ्ना ग्राहकलाई बताएको छ। एसबीआईकाअनुसार ग्राहकहरुले पब्लिक डिभाइस, ओपन नेटवर्क तथा फ्री वाईफाई जोनबाट भूलेर अनलाइन कारोबार गर्नुहुन्न । बैंककाअनुसार पब्लिक डिभाइसको प्रयोग गर्दा ग्राहकको निजी जानकारी लिक हुने खतरा हुन्छ ।

ओटीपी, पीन, सिभीभी, यूपीआई पीन सेयर नगर्नू
एसबीआईकाअनुसार दोश्रो टिप्स यो हो कि कहिल्यै पनि कोहीसँग आफ्नो ओटिपी(वनटाइम पासवर्ड), पिननम्बर, डेबिट या क्रेडिट कार्डको सिभिभी नम्बर नबताउनुहोस् । 

बैंकका अनुसार धेरैजसो ठगीका घटना यस्तै तरिकाबाट हुने गर्छ । फोन कलमा बैंकको नाम लिएर तपाईको कार्डलाई ब्लक गर्ने चेतावनी दिइन्छ र पासवर्ड परिवर्तनका लागि तपाईसँग ओटिपी वा कार्डको पछिल्लो भागमा लेखिएको सिभीभी नम्बर माग्छन् । यस्तो ठगी र धोकाधडीबाट सजग बन्नुपर्छ । 

बैंक अकाउण्टको जानकारी फोनमा सेयर नगर्नू
एसबीआई बैंकले भनेको छ कि कहिल्यै पनि आफ्नो बैंक अकाउण्ट वा अनलाइन बैंकिङको जानकारी मोवाइल सेटमा सेभ गरेर राख्नुहुन्न । बैंकले भनेको छ कि बैंकको खाता नम्बर, पासवर्ड, एटीएम कार्डको नम्बर तथा यसको तस्विर खिचेर मोवाइलमा राख्दा समेत तपाईसँग सम्बन्धित जानकारी लिक हुनसक्छ ।

एटीएम कार्ड वा कार्ड डिटेल्स सेयर नगर्नू
एसबीआईका अनुसार आफ्नो एटीएमको प्रयोग आफैंले मात्र गर्नुपर्ने हुन्छ । अर्को व्यक्तिमार्फत आफ्नो एटीएम वा कुनै पनि कार्ड प्रयोग गराउनुहुन्न ।

यसबाहेक कार्डको डिटेलको विषयमा समेत कसैसँग सेयर गर्नुहुन्न । यस्तो गरिए तपाईको अकाउण्टको जानकारी लिक हुनसक्छ । साथै, तपाईको इजाजतबिना लेनदेन हुनसक्छ ।

बैंकले यस्तो जानकारी कहिल्यै माग्दैन
एसबीआईले आफ्नो ट्वीटर अकाउण्टमा यो जानकारी समेत सेयर गरेको छ कि बैंकले आफ्ना ग्राहकसँग कहिल्यै पनि यूजर आइडी, पिन, पासवर्ड, सीवीवी, ओटीपी, वीपीए(यूपीआई) जस्ता संवेदनशील जानकारी माग्दैन । यसकारण प्रत्येक कारोबार गरिरहेको समयमा यी कुराहरुमा विशेष ध्यान दिन आवश्यक छ ।