काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले काठमाडौंको पेप्सिकोला टाउनप्लानिङमा आफनो ७९ औं शाखा विस्तार गरेको छ ।
 
का.म.न.पा. वडा नं. ३२, पुरानो सिनामंगलस्थित पेप्सिकोलाको टाउनप्लानिङमा बैंकले शाखा खोलेको हो । आजैबाट बैंकको परिसरभित्र ११२ औं एटिएम पनि संचालनमा ल्याइएको छ । 
 
बैंकका संचालकहरु प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ, निरञ्जनलाल श्रेष्ठ,  भुवनेश्वरप्रसाद शाह तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थितिमा शाखा तथा एटिएमको उद्घाटन गरिएको थियो ।
 
बैंकले ग्रामीण क्षेत्रमा आफ्नो शाखाविस्तार गरेसँगै उपत्यकाको पूर्वी क्षेत्र पेप्सिकोलामा शाखा थप गरेको हो । सम्पूर्ण वित्तिय कारोबार हुने यस शाखामा स्थानीय मागअनुसार सानो, ठूलो सबै प्रकारका लकरको पनि व्यवस्था रहेको बैंकले जनाएको छ ।
 
हाल यो बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यकाबाहिर ५५ वटा शाखा सञ्चालनमा ल्याएको छ । सातवटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा तथा १२ वटा एक्सटेन्सन काउण्टर, ९ वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा दिइरहेको छ।