काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १००ः३३ को अनुपातमा एक्वायर गर्ने निर्णय गरेको छ ।
इन्भेष्टमेन्ट बैंकको संचालक समितिको जेठ १२ गते बसेको बैठकले जेबिल्स फाइनान्सको १०० कित्ता भएका सेयरधनीलाई बैंकको ३३ कित्ता सेयर दिने गरी प्राप्तिको निर्णय गरेको हो ।
बैंकको संचालक समितिले संयुक्त मर्जर समितिले तयर गरेको शेयर आदानप्रदान अनुपातको सिफारिसलाई अनुमोदन गरेको हो ।
अहिले इन्भेष्टमेण्ट बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ तथा जेविल्स फाइनान्सको ८३ करोड ८० लाख रुपैयाँ रहेको छ । जेविल्स फाइनान्सलाई गाभेपछि इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी करिब साढे २७ करोडले बढ्नेछ ।
पूँजीवृद्धि अनुसार शाखा विस्तार गर्न नसकेको जेविल्सले इन्भेष्टमेन्ट बैंकसँग गाभिने निर्णय गरेको थियो। इन्भेष्टमेन्ट बैंकसँग बिलयको सम्झौतासँगै दोस्रो बजारमा जेविल्स फाइनान्सको कारोबार रोक्का रहेको छ।
कारोबार रोक्का हुनुअघिसम्म जेबिल्सको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता १४६ रुपैयाँ रहेको थियो । इन्भेष्टमेन्ट बैंकको हाल दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ५३५ रुपैयाँ रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19