काठमाण्डौ । शाखा सञ्जाल बिस्तारमा आक्रामक बनिरहेको प्रभू बैंक लिमीटेडले जेठ २० गते सोमबार दिन काठमाण्डौ र दाङमा दुई नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
बैंकले काठमाण्डौ महानगरपालिका वडानम्बर १४ बल्खुमा र दाङ जिल्लाको लमही नगरपालिका वडानम्बर ५ मा शाखा स्थापना गरी संचालनमा ल्याएको हो ।
बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहकाबीच समुद्घाटन गरे भने दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर के.सी.ले एक समारोहकाबीच उद्घाटन गरे ।
यी दुई शाखा समेत गरी बैंकको शाखा सञ्जाल संख्या १८२ पुगेको छ । देशका १४६ ठाउँमा एटीएम राखेको बैंकले २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19