काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति गर्न आह्वान गरेको विशेष साधारणसभामा निकै लामो समयसम्म प्राइम कमर्सियल बैंकको चर्चा भएको छ ।
राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रिया ८ महिनापछि टुटेपछि चर्चामा रहेको यो बैंक पछिल्लो समय साना कम्पनी धमाधम उठाउँदै पुनः नयाँ खालको चर्चामा आएको छ ।
प्राइम बैंकले साधारणसभाबाटै चुक्तापूँजी २२ अर्ब पुर्याउने लक्ष्य लिएपछि त्यसले बैंकिङ क्षेत्रमै अर्को चर्चा ल्याइदिएको छ ।
चुक्तापूँजी २२ अर्ब बनाउने लक्ष्यसहितको अजेण्डा पास गरेको विषयले नै नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभामा समेत प्राइमको प्रसंगले औपचारिक रुपमै प्रवेश पाएको हो ।
केही सेयरधनीले प्राइमजस्तो बैंकले २२ अर्बको बन्ने बाटोमा रहेको र यो यथार्थलाई स्वीकार गरी इन्भेष्टमेन्ट बैंकले समेत मर्जर र हकप्रदबाट पूँजीको आकार मजबुत बनाउनुपर्ने सुझाव दिएका थिए ।
केही सेयरधनीले एनआइसी एशियाको समेत उदाहरण दिंदै इन्भेष्टमेन्ट बैंकले पछिल्लो समय शाखा बिस्तारमा ध्यान नदिएको भन्दै नेतृत्वको आलोचना समेत गरेका थिए ।
सेयरधनीहरुबाट उठेका प्रश्नको जवाफ दिने क्रममा इन्भेष्टमेन्ट बैंकको संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेले एनआइसी एशियाको नाम उच्चारण गरेनन् । तर, प्राइम कमर्सियल बैंकको विषयमा भने उनले केही समय लगाएरै व्रिफिङ गर्न खोजेका थिए ।
‘तपाईहरुले प्राइम बैंकले २२ अर्ब पूँजी पुर्याउन खोजेको छ भन्नुभयो । उसले मर्जरबाटै यो टार्गेट लिएको जस्तो लाग्छ, हकप्रदबाट होइन होला ।’ पाँडेले भने–‘तर, हरेक मर्जर भन्ने कुरा निकै गाह्रो कुरा हो । फेरि एकैपटक ५ ६ वटा संस्थालाई मर्जर गर्नु झनै जोखिमपूर्ण र कठीन काम हो ।’ उनले प्राइम बैंकले २ वटा ठूला बैंक मर्जर गर्न चाहेको उसको रणनीतिबाट देखिने उल्लेख गर्दै भने–‘प्राइम वा अरु कसैले २२ अर्ब पूँजी पुर्याएर अगाडि बढे भने हामी पनि चूप लागेर बस्दैनौ ।’
उनले सेयर बजारमा चलखेल गर्नेहरुले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर हुने भनेर सुनियोजित हल्ला चलाएका दाबी समेत गरे ।
उनले मर्जरको विषयमा बढी हल्ला गर्न नहुने उल्लेख गर्दै भने–‘हल्ला भएर प्राइसिङमा प्रोब्लम हुन्छ । लक्ष्मी र एभरेष्ट बैंकको कुरा के भयो ? देखिहाल्नु भयो, आखिरीमा फुस्सा भयो नि ।’
‘हाम्रो र हिमालयन बैंकको मर्जर हुन लागेको हल्ला छ । यसमा सत्यता छैन, सेयर प्राइसममा चलखेल गर्न योजनासहित यो हल्ला फैलाइएको हो । यसमा केही पनि अप्रोच भएको छैन ।’ उनले भने–‘तर नेपाल राष्ट्रबैंकले मर्जरका लागि स्पेशल इन्सेन्टिभ दियो भने हामी जुनसुकै प्रगति गर्दै गरेको बैंकलाई स्वागत गर्न तयार छौ । हामीबाट केन्द्रीय बैंकले ल्याउन लागेको मर्जर पोलिसीलाई पूर्ण साथ रहनेछ ।’
उनले नेपालको बैंकिङ क्षेत्र राम्रोसँग चल्ने हो भने ८ वटा बैंक हुनुपर्ने विचार व्यक्त गरे । ‘त्यसबेला बरु हरेक बैंकको फूटप्रिन्ट सबै जिल्लामा हुनुपर्छ ।’ उनले थपे–‘ त्यस्तो बेलामा एकतिहाई शाखाकै मात्रै नाफा भए पनि सस्टेनेबल हुन्छ ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago