काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई रु. १,५१,१११।– (रु.एक लाख एकाउन्न हजार एक सय एघार रुपैँया) को चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ । 

यो क्षेत्रमा जेठ २३ गते आएको भिषण हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए। 

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले उक्त चेक धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड तथा कार्यकारी प्रमुख नारायणप्रसाद सापकोटालाई हस्तान्तरण गरे ।

माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने देशका विभिन्न स्थानहरुमा वृक्षारोपण, वित्तीय साक्षरता लगायतका कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ । 

माछापुच्छ्रे बैंकले हाल देशका सातै प्रदेशमा ११९ वटा शाखा, ११२ शाखारहित बैंकिङ इकाई, १४१ एटीएमबाट बैंकिङ सेवा दिइरहेको छ । बैंकका करिब साढे ६ लाख ग्राहक छन् ।