काठमाण्डौ । संचालकहरुको विवादमा भूमरीमा परी नियुक्ति भएर पनि निरज गोविन्द श्रेष्ठले काम गर्न नसकेपछि रिक्त रहेको सीइओ पदमा सनराइज बैंकले जनक शर्मा पौड्याललाई नियुक्त गरेको छ ।
कार्यकालको २ वर्ष बाँकी छँदै संचालकसँग विवाद भई ग्लोबल बैंक छाडी कुलिङ पिरियडमा रहेका पौड्याललाई सनराइज बैंकको संचालक समितिको सर्वसम्मतिबाट सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
उनको ६ महिने कुलिङ पिरियड साउन ८ गते सकिँदैछ । सोही मितिबाट लागू हुने गरी उनलाई सीइओ नियुक्त गरिएको बैंक एक संचालकले बताए ।
यसअघि बैंकले माछापुच्छ्रे बैंकबाट कार्यकाल बाँकी छँदै बाहिरिएका निरज गोविन्द श्रेष्ठलाई सीइओमा नियुक्तिको निर्णय गरेको थियो । तर, उनको नामको विषयमा संचालकहरुबीच नै विवाद भएपछि उनले बैंकमा आएर काम गर्ने वातावरण बनेन् । दुई संचालकले निरजको नियुक्तिमा लफडा गरेपछि अवस्था असहज बनेको थियो । संचालकहरुबीच नै विवाद भएपछि निरजगोविन्द श्रेष्ठले बैंकका अध्यक्षलाई पत्र लेखी काममा आउन नसक्ने जानकारी गराएका थिए ।
यो लफडाका कारण विवादको उत्कर्षमा पुगेको सनराइज बैंकले नयाँ सीइओको रुपमा पौड्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
पौड्याल यसअघि ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए । तर, त्यहाँ उनले २ वर्ष मात्र काम गर्न पाए ।
संचालकसँगको विवाद र असहमतिका कारण उनले कार्यकालको २ वर्ष बाँकी छँदै राजीनामा दिएका थिए ।
पौड्यालको ३० वर्षे लामो बैंकिङ अनुभव रहेको छ । उनले अध्ययनको क्रममा बेलायतको बैंकमा समेत ४ वर्ष बढी काम गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago