काठमाण्डौ । सर्वोच्च अदालतले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको पक्षमा अन्तरिम आदेश जारी गरेको छ।
नेपाल राष्ट्रबैंकले केही दिनअघि बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उमेर सीमा ६९ वर्ष कायम गरेसँँगै प्रमुख कार्यकारी अधिकृत मानन्धरको पदावधि समेत स्वतः समाप्त भएको थियो ।
तर, बैंकर मानन्धर नेपाल राष्ट्र बैंकको व्यवस्था संविधानको भावना विपरीत भएको भन्दै सर्वोच्चमा पुगेका थिए ।
उनले केही दिनअघि सर्वोच्चमा दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै मंगलबार न्यायाधीश चोलेन्द्रसमशेर जबराको एकल इजलासले मानन्धरको पक्षमा अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चको अन्तरिम आदेशसँगै मानन्धरले प्रमुख कार्यकारी अधिकृतकै रुपमा काम गर्न पाउने छन् भने नेपाल राष्ट्रबैंकले कार्यान्वयनमा ल्याएको उमेर हद सम्बन्धी व्यवस्था समेत धरापमा परेको छ ।
मानन्धरसँगै उमेर हदको ब्यवस्थाका कारण अनिवार्य अवकाश पाउने चर्चामा रहेका एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ, यसैगरी नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु पौडेल लगायतलाई समेत सर्वोच्चको आदेशले राहात दिएको छ ।
नेपालको इतिहासमै नियामक नेपाल राष्ट्र बैंकले ल्याएको कुनै ब्यवस्था विरुद्ध कुनै बैंकरले मुद्दा हालेको र मुद्दा जितेको यो निकै दुर्लभ घटना हो ।
सर्वोच्चको अन्तरिम आदेश :
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19