काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडले मञ्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ ।

न्यूनतम मौज्दात रु. ५०००  मा बचतकर्ताहरुले वार्षिक ८.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । 

जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटीएमबाट बिनाशुल्क रकम झिक्न सकिने बताइएको छ । साथै निःशुल्क चेक बुक, बिनाशुल्क बैंक स्टेटमेन्ट, जुनसुकै बेला पनि लिन सकिने, एसएमएस बैंकिङ, सीआस्वा, आइपीएस एण्ड कनेक्ट आइपीएस तथा चेक क्लियरिङ जस्ता सुविधा पनि निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ । 

मञ्जुश्री फाइनान्स लिमिटेडको चुक्तापूँजी रु ८० करोड ४० लाख रहेको छ । यस फाइनान्सको असार मसान्तसम्म  रु. ७ अर्ब ३० करोड निक्षेप संकलन तथा रु. ६ अर्ब ५५ करोड कर्जा लगानी रहेको छ ।