काठमाण्डौ । सिटी एक्सप्रेस ग्रुपले आफ्ना सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवाआश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । 

यसै अनुरुप भक्तपुरस्थित मानव सेवाआश्रमको १६ औं आश्रम उद्घाटन समारोहमा प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान ग्रहण गरेका थिए । 

समाजको सकरात्मक रुपान्तरण एवं मानवीय सेवाको कार्यमा मानव सेवाआश्रमले पुर्याउँदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरिएको हो । 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि बिश्वभर आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेस ग्रुपअन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, ट्रेडिङ, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन्।