काठमाण्डौ । सिभिल बैंकले काठमाण्डौको काँडाघारी(पेप्सीकोला)मा शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुतm रुपमा गरेका बैंकले जनाएको छ ।
शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेले गरेका थिए भने प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, सिभिल बैंकका प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ, सिभिल बैंकका प्रदेश नं ३ का प्रदेश प्रमुख भोलाबहादुर विष्ट तथा अन्य विशिष्ट पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुखअतिथि कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले काँडाघारी क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप उर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरे । कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर बिन्दु सिम्खडाले सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन् ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताएका थिए ।
कार्यक्रमका सभापति तथा सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेले आर्थिक विकासका लागि बैंक अपरिहार्य रहेको बताउँदै यस भेगका नागरिकको सेवाका लागि सिभिल बैंकले सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरे ।
सोही समारोहमा सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेद्वारा ईन्फिनिट एबिलिटि सेन्टरलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरेका थिए ।
बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना नेपालमै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटिएम संख्या ६५ पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago