काठमाण्डौ । सन् २०१८ मा विश्वका अर्बपतिहरुको कुल सम्पत्तिमा गिरावट आएको छ ।
विश्वस्तरमा पछिल्लो तीन वर्ष लगातार बढेको अर्बपतिहरुको सम्पत्ति गत वर्ष घटेको हो । ब्लुमबर्गको रिपोर्टअनुसार अर्बपतिहरुको कुल सम्पत्तिमा करिब ३८८ बिलियन डलरले कमी आएको छ ।
अर्बपतिहरुको सम्पत्तिमा सबैभन्दा बढी कमी एसिया महाद्वीपमा देखिएको छ । जहाँ चीन र अमेरिकाबीच जारी व्यापार युद्धको प्रभाव बढी देखिएको छ । त्यहीँ भारत र चीनमा जारी आर्थिक मन्दीले अर्बपतिहरुको सम्पत्तिमा गिरावटको कारणका रुपमा हेरिएको छ ।
एसियामा अर्बपतिहरुको सम्पत्तिमा करिब ८ प्रतिशतले गिरावट आएको छ ।
अमेरिकाका अर्बपतिहरुको सम्पत्ति विवरणमा पनि राम्रो प्रदर्शन देखिएको छ । विशेषगरी प्रविधिसँग जोडिएका अमेरिकीहरुको सम्पत्तिमा राम्रो प्रगति देखिएको छ ।
अमेरिकामा सन् २०१८ अन्त्यसम्म करिब ८९ अर्बपतिहरु प्रविधिसँग जोडिएका कारोबारी थिए । जुन गत वर्ष ७० जनामात्र थिए ।
सन् २००३ यता अर्बपतिहरुको सम्पत्तिका तेस्रोपटक गिरावट आएको हो । तथ्यांकअनुसार सन् २०१४ मा अर्बपतिहरुको कुल सम्पत्ति ६.२ ट्रिलियन डलर थियो । जुन सन् २०१५ मा घटेर ५.९ ट्रिलियन डलरमा सीमित थियो ।
सन् २०१६ मा पुनः यो तथ्यांक बढेर ७.२ ट्रिलियन डलरमा पुग्यो । अझ सन् २०१७ मा अर्बपतिहरुको कुल सम्पत्ति बढेर ८.९ ट्रिलियन डलर भयो । तर सन् २०१८ मा फेरि घटेर ८.५ ट्रिलियन डलरमा सीमित बन्न पुग्यो । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago