काठमाण्डौ । वस्तु तथा सेवा करमा कटौतीको लाभ उपभोक्ताले न्यायोचित ढंगले पाउन नसकेको भन्दै दैनिक उपभोग्य वस्तु उत्पादनमा अग्रणी कम्पनी नेस्लेमाथि झन्डै १४४ करोड रुपैयाँको ठूलो जरिवाना गरिएको छ ।
राष्ट्रिय मुनाफारोधी प्राधिकरणले नेस्लेमाथि जरिवाना तोकेको हो । म्यागी नुडल्स, किटक्याट चकलेट र नेस्क्याफेजस्ता खाद्यवस्तु बनाउने कम्पनी नेस्लेमाथि १४४ करोड रुपैयाँ जरिवाना गरिएको हो । जसमध्ये ११७ करोड रुपैयाँ अब नेस्ले जम्मा गर्नुपर्ने हुन्छ । बाँकी रकम पहिले नै उपभोक्ता कल्याण कोषमा गत वर्ष नै जम्मा भइसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले आफ्नो आदेशमा जरिवानाको रकम १८ प्रतिशत ब्याजका साथ आगामी ३ महिनाभित्र केन्द्र वा राज्य सरकारको उपभोक्ता कल्याण कोषमा कम्पनीले जम्मा गर्नुपर्ने उल्लेख छ ।
प्राधिकरणले नेस्लेलाई आगामी दिनमा उपभोग्य वस्तुको मूल्य समायोजन गर्न पनि आदेश दिएको छ । प्राधिकरणले नेस्लेले करमा कटौतीको लाभ उपभोक्तालाई दिने सम्बन्धमा अपनाइएको तरिकामाथि पनि प्रश्न उठाएको छ ।
नेस्लेको तरिका विसंगत, मनोमानी र अवैध रहेको प्राधिकरणले ठहर गरेको छ । ‘उपभोक्तालाई दिइने कर कटौतीको लाभ वितरणमा पूर्ण रुपमा निष्पक्षहीन र असमानता देखियो’, प्राधिकरणले आदेशमा भनेको छ ।– एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago