काठमाण्डौ । एक जिल्ले विकास बैंक प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि ग्लोबल आइएमई बैंक लिमीटेडले आइतबारदेखि एकीकृत बित्तीय कारोबार थालेको छ ।
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले एक समारोहका बीच संयुक्त कारोबारको थालनी गरेका हुन् ।
लमजुङ्ग जिल्लालाई कार्यक्षेत्र बनाई विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चँुक्ता पूँजी १३ करोड २९ लाख रहेको थियो । प्यासिफिक डेभलपमेन्ट बैंकलाई ग्लोबल आइएमई बैंकले एक्विजिसन गरेपछि बैंकको कुल चुँक्ता पूँजी रु. ७ अर्ब २४ करोड (आ . व. २०७२/७३ को प्रस्तावित वोनस शेयर रु. ९८ करोड ६३ लाख सहित), कुल निक्षेप रु.८५ अर्ब, कर्जा लगानी रु. ७२ अर्ब ८८ करोड पुुगेको छ । शाखा सञ्जालको संख्या ९४ पुुगेको बैंकले जनाएको छ ।
२०६३ पुस १८ गते “सबैंका लागि बैंक” भन्ने मूल नाराका साथ स्थापना भएको ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको दश बर्षको अवधिमा निजी क्षेत्रका वाणिज्य बैंकहरुको बीचमा अलग्गै पहिचान बनाउन सफल भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति(एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता व्यक्त गरेको छ ।
ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससंग सफल मर्जर गरिसकेको छ ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago