काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरुदण्डीय पक्षघात समूह नेपाल(स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल)लाई रु. ३ लाख सहयोग गरेको छ । 

आइतबार आयोजित एक कार्यक्रमका बीच बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकाललाई रु ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

ग्लोबल आइएमई बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।