काठमाण्डौ । प्रभू बैंक लिमीटेडले काठमाण्डौको तारकेश्वर नगरपालिकामा अवस्थित धर्मस्थलीमा आफ्नो २०७ औं शाखा खोली संचालनमा ल्याएको छ । 

माघ २० गते सोमबार एक समारोहका बीच तारकेश्वर नगरपालिका वडानम्बर ८ स्थित धर्मस्थलीमा स्थापित बैंकको शाखा नगरपालिकाका मेयर रामेश्वर बोहोराले उद्घाटन गरेका बैंकले जनाएको छ । 

बैंकको धर्मस्थलीमा शाखा कार्यालयको समुद्घाटन गर्दै मेयर बोहोराले प्रभु बैंकले आफ्नो बैंकको व्यवसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गरे । 

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको धर्मस्थलीशाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास छ ।