काठमाण्डौ । 'समृद्धिका लागि सिभिल बैंक' भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा बिस्तार गर्ने क्रममा आइतबार काठमाण्डौ जिल्लाको बाङ्गेमुढामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।
एक कार्यक्रमकाबीच सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग तथा काठमाण्डौ महानगरपालिका वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको बाङ्गेमुढा शाखाको समुद्घाटन गरे ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भुरुङ्गखेल स्थित प्रभात माध्यमिक विद्यालयलाई कक्षाकोठा मर्मतसंभार तथा सजावटका लागि रु.२५,००० को आर्थिक सहयोग समेत प्रदान गरिएको बैंकले जनाएको छ ।
सो सहयोग रकम सिभिल बैंकका अध्यक्ष तामाङ्गद्वारा प्रभात माध्यमिक विद्यालयकी प्रतिनिधि सुरभि श्रेष्ठलाई प्रदान गरिएको थियो।
समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले त्यस क्षेत्रका वचतकर्ता तथा उद्दमी व्यवसायीहरुलाई उच्चस्तरीय बैंकिङ्ग सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्घता जनाए ।
उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना, नेपाल प्रहरी जनसेवा, बिशालबजारका प्रहरी नायब उपरिक्षक सुनिलजंग शाह लगायत, जनसेवा टाफिक प्रहरीका निरिक्षक गोविन्द राउत लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19