काठमाण्डौ । भारतको समस्याग्रस्त घोषणा गरिएको “येस बैंक”का संस्थापक राना कपूरलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ। भारतमा निजी क्षेत्रको चौथो ठूलो येस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ।
भारतको केन्द्रीय बैंकले आकस्मिक रुपमा शुक्रबार मध्यराति उक्त बैंकलाई नियन्त्रणमा लिनुका साथै बैंकबाट ५० हजार भारुभन्दा बढी रकम झिक्न नपाइने गरी प्रतिबन्ध लगाएको थियो। पछिल्ला दिनहरुमा बढ्दै गएको खराब कर्जाका कारण बैंकमाथि सङ्कट आएको थियो।
भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका थिए।
जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको हो। येस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ।
अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेको थियो।
भारतीय रिजर्भ बैंकले येस बैंकका ग्राहकलाई एक महिनाको अवधिमा ५० हजार भारतीय रुपैयाँ मात्र झिक्न पाउने व्यवस्था गरेपछि ग्राहकहरुमा निराशा छाएको छ। मानिसहरु येस बैंकका एटिएम र शाखाहरुमा शुक्रबार र शनिबार लामो लाइनमा बस्न बाध्य भएका थिए।
रिजर्भ बैंकको उद्धार योजना बमोजिम भारतीय स्टेट बैंक (एसबिआई)ले समस्याग्रस्त “येस बैंक”को ४९ प्रतिशत शेयर खरिद गर्न २ अर्ब ४५ करोड भारतीय रुपैयाँ लगानी गर्ने जनाएको छ। एसबिआईका अध्यक्ष रजनिश कुमारले येस बैंकमा लगानी गर्न २३ जना लगानीकर्ताले अभिरुचि देखाइसकेको पनि जानकारी दिनुभयो।
येस बैंकले खराब ऋण उठाउन नसक्दा पर्याप्त पूँजी लगानी गर्न नसकेको रिजर्भ बैंकको भनाई छ ।
भारतीय बैंकिङ क्षेत्रमा यो बैंकको इतिहास त्यति लामो छैन। यो बैंकको सुुरुवात सन् २००४ मा राणा कपुुरले आफ्नो नातेदार अशोक कपुुरसँग मिलेर गरेका थिए। अशोक कपुुरको मृत्युु २६/११ को मुुम्बईको आतंकवादी हमलामा भएको थियो। अशोक कपुुरको मृत्युुपछि उनकी पत्नी मधुु कपुुर र राणा कपुुरबीच बैंकको स्वामित्वलाई लिएर विवाद शुुरु भयो।
मधुु आफ्नी छोरीलाई बैंकको सञ्चालक समितिमा पठाउन चाहन्थिन्। तर राणाले यस्तो हुुन नदिने अडान लिए। राणा परिवारको यो विवाद अदालतसम्म पुुग्यो। अदालतले राणा कपुुरको पक्षमा फैसला सुुनायो। अदालतको फैसलापछि केही समयका लागि यो विषय साम्य भयो।
येसपछि बैंकको म्यानेजिङ डाइरेक्टरमा रणविर गिल नियुुक्त भए। गिल म्यानेजिङ डाइरेक्टरमा आएपछि बैंक ऋणको चपेटामा पर्यो र विस्तारै त्यहाँका प्रमोटरहरुले आफ्नो हिस्सेदारी बेच्न सुुरु गरे। येसरी बैंक स्थापना भएको ७ वर्षमा नै कपुुर परिवारको आपसी कलह सतहमा आयो। विवाद बढ्दै गएपछि अहिले बैंक नै डुुब्ने स्थितिमा पुुगेको छ। यो बैंकको संकट तब बढ्न थाल्यो जब बैंकका सह–संस्थापक राणा कपुुरलाई पदबाट हटाइयो।
भारतको चौथो ठूलो बैंकको रुपमा रहेको एस बैंकको सञ्जाल भारतभर फैलिएको छ। येसको हेडक्वार्टर मुुम्बइमा रहेको छ। भारतभर येसको १ हजार भन्दा बढी शाखाहरु र १८ सय एटिएम छन्। यो बैंकको महिला स्पेशल ब्राञ्च पनि रहेको छ। जसलाई ‘एस ग्रेस ब्राञ्च’बाट समेत चिनिन्छ। यो शाखामा महिलाका लागि विशेष प्रडक्ट प्रस्तुुत गर्ने गरिएको छ। यो शाखाको अर्काे विशेषता भनेको येसमा आवद्ध सबै कर्मचारी महिला हुनु पनि हो।
बैंकको विवाद चुुलिएपछि भारतको बित्त मन्त्रालयले मार्च ५ देखि अप्रिल ३ सम्मका लागि बैंकको निक्षेपमा रोक लगाएको छ। ग्राहकले झिक्ने पैसामा पनि सीमा तोकिनुुका साथै बैंकको कारोबारमा पनि रोक लगाइएको छ। अर्थ मन्त्रालयले रोक लगाएको समय सिमासम्म बैंकका ग्राहकले ५० हजार भारु भन्दा बढी रकम निकाल्न नसक्ने व्यवस्था गरेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19