काठमाण्डौ। माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा बाहिरिँदैछन्।
करिब २३ महिनाअघि शर्मा माछापुच्छ्रे बैंकको सीईओमा नियुक्त भएका थिए। उनको सेवा अवधि चैत १ गतेबाट सकिँदैछ।
शर्मा बाहिरिएपछि कामु सीईओको जिम्मा नायब प्रमुख कार्यकारी सन्तोष कोइरालालाई दिने निर्णय बैंक सञ्चालक समितिले निर्णय गरेको छ। अर्को व्यवस्था नहुन्जेलसम्मका लागि चैत १ बाट कोइरालालाई कामु सीईओको जिम्मा दिने निर्णय भएको समितिले जनाएको छ।
बैंकिङ सेक्टरमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका शर्मा ‘व्यक्तिगत कारण’ देखाउँदै बाहिरिन लागेको बताइएको छ।
शर्माले करिब २२ वर्षअघि नेपाल एसबीआई बैंकमा अधिकृत लेभलको कर्मचारीबाट बैंकिङ करिअरको सुरुआत गरेका थिए। शर्मासँग एनएमबी बैंकको सहायक महाप्रबन्धक भएर काम गरेको अनुभव पनि छ।
त्यसो माछापुच्छ्रे बैंकमा सीईओ हुनुअघि शर्मा ग्लोबल आईएमई बैंकमा थिए। ग्लोब आईएमईमा जानुअघि पनि शर्मा माछापुच्छ्रे बैंकमा नायब सीईओ थिए।
कामु सीईओको जिम्मा पाएका कोइरालासँग पनि दुई दशक लामै बैंकिङ सेक्टरमा काम गरेको अनुभव छ।
दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए। माछापुच्छ्रे बैंकमा मात्रै कोइरालाले ७ वर्ष काम गरेका छन्। बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरेका कोइरालाले सानिमा बैंकमा १० वर्ष काम गरे। त्यसपछि विगत ७ वर्षदेखि उनी माछापुच्छ्रे बैंकमा छन्।
नयाँ सीईओ बैंकभित्रबाट नियुक्त गर्ने तयारी भइरहेको स्रोत बताउँछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19