काठमाण्डौ । मुक्तिनाथ विकास बैंकमा कुनै पनि नयाँ बचत खाता खोल्ने जोकोहीलाई मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता(डिम्याट खाता) खोल्ने सुविधा उपलब्ध हुने भएको छ । 

बैंकले आफ्नो सहायक कम्पनीको रुपमा रहेको मुक्तिनाथ क्यापिटलमा कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा निःशुल्क डिम्याट खाता खोल्न सकिने व्यवस्था मिलाइएको मुक्तिनाथले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

यो बैंकले निक्षेपकर्ताहरुको विभिन्न वित्तीय आवाश्यकताहरु पूरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन साथै बचत खाताहरुमा नविनतम सुविधाहरु प्रदान गर्दै जाने योजना अनुरुप यस्तो स्किम ल्याइएको प्रष्ट्याएको छ । 

देशभर सञ्चालनमा रहेका बैंकका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वयम् उपस्थीत भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने बताइएको छ । 

भौतिक सेयर प्रमाणपत्रलाई अभौतिकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतिकरण गर्न समेत सकिने सुविधा समेत उपलब्ध गराइएको छ । 

यो योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

हाल यो विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।