नयाँदिल्ली । भारतको सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इन्डिया (एसबीआई) बैंकले कोरोनाबाट प्रभावित व्यापारीको लागि विशेष ऋणको योजना ल्याएको छ ।
बैंकले कोरोनाबाट प्रभावित व्यापारीहरुलाई मध्यनजर गर्दै यस्तो अतिरिक्त फन्डिङ योजना बनाएको जनाएको छ ।
एसबिआई बैंकले शुुक्रबार परिपत्र जारी गर्दै कोभिड १९ आपतकालिन ऋण सुुविधा नाम संगै अतिरिक्त नगदी सुुविधाको सुुरुवात गरेको जनाएको छ ।
बैंकको यो योजनाअन्तर्गत २०० करोड भारतीय रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ । जसमा बैंकले १२ महिना अवधिको लागि ७.२५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ । यो योजना ३० जुुन सम्म मात्रै लागुु हुुने बैंकले जनाएको छ । यसका साथै बैंकले ऋण लिने ग्राहकबाट प्रोसेसिङ शुुल्क र प्रीपेमेन्ट पेनाल्टी नलिने जनाएको छ ।
यससँगै एसबिआई बैंक कोरोनाबाट प्रभावित व्यापारीलाई सहुुलियत प्रदान गर्ने पहिलो भारतीय बैंक बनेको छ । बैंकले आफ्ना शाखाहरुबाट समेत कोरोनाबाट प्रभावित व्यापारीलाई ऋण उपलब्ध गराउन सर्कुुलर जारी गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago