काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अस्ट्रेलियाको राजधानी क्यानबेरासहित आफ्ना दुई ठूला सहर सिड्नी र मेलर्बनमा अत्याधिक भीडभाड हुने ‘पब’ र 'रेस्टुराँ' बन्द गर्ने निर्णय गरिएको छ। 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाको बढ्दो प्रभाव रोक्न यस्तो कदम चालिएको बताएका छन्। अस्ट्रेलियामा कोरोनाबाट संक्रमितको संख्या १ हजार ३१५ पुुगिसकेको छ। ५३३ सहित सबैभन्दा बढी संक्रमित न्युु साउथ वेल्स राज्यमा रहेका छन्। 

त्यस्तै संक्रमण देखिएकोमा भिक्टोरिया राज्य दोस्रो स्थानमा रहेको छ। जहाँ २९६ जनामा संक्रमण देखिएको छ।

कुुइन्सल्यान्डमा २५९ जनामा कोरोनाको संक्रमण भेटिएको छ। 

अस्ट्रेलियामा भएको यो प्रतिबन्धले त्यहाँका पब, रेस्टुराँलगायत विभिन्न व्यापारव्यवसाय बन्द हुुनेछन् । तर सुुपर मार्केट, पेट्रोल स्टेसन, फार्मेसी पसलहरु र होम डेलिभरी सेवाहरु भने सुुचारु रहनेछन्।

सिड्नीको सामुुद्रिक बिचमा धेरै मानिस जम्मा हुुन थालेपछि प्रतिबन्धको निर्णय लिइएको बीबीसीले जनाएको छ। 

अस्ट्रेलियमा हालसम्म कोरोनाबाट सातजनाको मृत्युु भइसकेको छ। – एजेन्सी