काठमाण्डौ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला नियुक्त भएका छन्।
बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले कोइरालालाई सीईओमा नियुक्त गरेको हो। बैठकले २०७७ वैशाख १ गतेदेखि लागू हुने गरी कोइरालालाई सीईओमा चार वर्षका लागि नियुक्त गरेको छ।
अहिले कोइराला बैंकमा कामु सीईओ छन्। विगत सात वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत छन्।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर कोइरालासँग २१ वर्ष लामो बैंकिङ अनुभव छ।
कोइरालाले नेदरल्यान्डस्को इरासमस युनिभर्सिटीबाट ‘एड्भान्स म्यानेजमेन्ट एन्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19