बिनित खरे
-बीबीसी संवाददाता

न्यूयोर्क । कोरोना भाइरसका कारण अमेरिकामा हरेक दिन मृत्युु हुुुनेहरुको संख्या बढिरहेको छ ।

दैनिक बढ्दो संख्याले आफ्नो नजिकका आफन्त गुुमाउनेहरुलाई समेत निकै दर्द बढाइरहेको छ । उनीहरुले आफ्ना परिवारका सदस्यलाई अन्तिम विदाइ समेत गर्न पाएका छैनन् । 

अमेरिकामा कोरोना भाइरसले मर्नेको संख्या १० हजार नाघिसकेको छ जब कि संक्रमितको संख्या मात्र अमेरिकामा ३ लाख ७० हजार पार गरेको छ ।

अमेरिकामा भाइरसका वरिष्ठ विशेषज्ञ, वैज्ञानिक मोडलका आधारमा नयाँ कोरोना भाइरसले एकलाखदेखि दुुईलाख चालीस हजार मानिसको ज्यानसक्ने अनुुमान गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन अमेरिकामा धेरै मानिस भेला हुुन भने रोक लगाइएको छ ।

यही कारण अन्तिम संस्कारका ठूूला कार्यक्रम, पारिवारिक समूूहकाबीच काँध मिलाउन र मृतकको नाममा हुुने कार्यक्रमका सट्टा जसोतसो अन्तिम संस्कार भइरहेको छ ।

यही कारण स्मारक सेवामार्फत अन्तिम विदाइ दिन ठूूलो संख्यामा भेला हुुँदैनन् । अवस्था सामान्य नहुुञ्जेलसम्म मृतकको सम्झना मात्र गरिन्छ, तर सम्झनाका लागि भेला भने हुन पाइन्न ।

अमेरिकामा बिरामी रोकथामका लागि सरकारी संस्था, सेन्टर फर डिजिज कन्ट्रोल(सीडीसी)को निर्देशनका अनुुुसार यदि कसैको मृृत्युु कोभिड १९ भाइरसको संक्रमणले भए सो मृतकको लाश छुुनबाट समेत बच्नुुपर्छ ।

सीडीसीको गाइडलाइन भन्छ–‘केही खास तरिकाको छुुवाइ जस्तै, हात पक्रन र शवको अन्तिम संस्कारका लागि तयार भएपश्चात घाँटी मिलाउँदा भाइरसको संक्रमणको खतरा कम हुुन्छ ।’

तर, यसैसाथ सीडीसीको निर्देशनले भन्छ–‘अन्तिम संस्कारका लागि शव तयार गर्नभन्दा पहिले वा पछि चुुम्बन गर्न वा शव धुुन वा कपडा पहिरनबाट पनि सम्भव भएसम्म बच्न पर्छ ।’

यसै परिप्रेक्ष्यमा कोरोना भाइरसको महामारीले अमेरिकामा अन्तिम संस्कारको कार्यक्रम कसरी बदल्ने ? जो मानिस आफ्ना परिवारजन हराइरहेका वा सुुरक्षित रहेर पनि मृतकप्रति आफ्नो स्नेह वा लगाव कसरी प्रस्तुुुत गर्ने ?

अमेरिकामा बस्दै आइरहेका मुस्लिम समुुुदायका मानिस कोरोना भाइरसको संकटका दौरान चूूनौतीको सामना कसरी गरिरहेका छन् ? यसबारे इमाम अदम जमाल भन्छन्–‘सुुरुमा हामी मृतकको शवसँगै कब्रस्तानसम्म जान्छौं । यसपछि हामी शवलाई गाँडनभन्दा पहिले शवलाई घुुमीघुुमी माटो हाल्छौं तर अब गाँड्नभन्दा पहिले गरिने यस किसिमको परम्परा बन्द गरिएको छ ।’

इनाम अदम जमाल भन्छन्–‘अब मस्जिद बन्द छ । अब तपाईँ भेला पनि हुुन सक्नुुहुुन्न । अब व्यवहारिक तरिकाले ६ फिटको दूूरी कायम राख्नुुपर्छ ।’
शवलाई गाँड्न भन्दा पहिले शवलाई नुुहाउने परम्परामा पनि कोरोना संकटको असर परेको छ ।

सीडीसीको निर्देशन भन्छ–‘यदि गाँड्न वा अन्तिम संस्कारभन्दा पहिले शव नुुहाउन वा कफन पहिराउनु एक अहम धार्मिक तथा सांस्कृतिक परम्परा हो। यसको परिपालन गरे मृतकका परिवार चाहिन्छ किनकि उनीहरु आफ्नो समुुदायको सांस्कृतिक तथा धार्मिक नेताहरुका साथ अन्तिम संस्कार गर्ने संस्थासँग मिलेर यो कोशिस गरुन् ताकि शव सम्पर्कमा कमभन्दा कम आऊन् ।’

इमाम अदम जमाल अगाडि भन्छन्–‘आजकल शवलाई नुुहाउनका सट्टा पानीले छोएर प्रतीकात्मक रुपमा नुुहाइन्छ, ताकि शवको सद्गति गर्नुअघि सबै धार्मिक रिवाज परम्परा निभाउन पाइयोस् । यदि शवकै संक्रमण हुुने डर भए शवलाई कमभन्दा कम छोएर चाँडै दफन गरिन्छ । त्यसो भए मृतकका आफन्तलाई भनिन्छ कि उनीहरु नमाज घरमै पढूून् ।

अन्य धार्मिक समुुदायको अवस्था पनि खासै फरक छैन ।

अमेरिकाको फेडेरेशन अफ इन्डियन एशोसिएसनका अध्यक्ष अनिल वंशल भन्छन्–‘हिन्दूूलाई पनि अन्तिम संस्कारमा त्यही दुुःखको सामना गर्न परिरहेको छ, जसबाट इसाइ वा मुुसलमान जुुधिरहेका छन् । अमेरिकामा अन्तिम संस्कारको पूूूरा प्रक्रिया एउटा ठूूलो कारोबार हो । पछिल्लो समयसम्म यो कारोबार लगभग १७ अर्ब डलर रहेको थियो ।’

अमेरिकामा एक्काइस हजारभन्दा बढी शवदाह गृह वा फ्युुनरल होम छन् र हिजोआज यी शवदाह गृहमा अन्तिम संस्कार अनुुप्रयोग गर्नेको बाढी आएको छ । 

अमेरिकाको न्यूूयोर्क राज्य, कोरोना भाइरसको महामारीको गढ बनिरहेको छ । एक रिपोर्टका अनुुसार न्यूूयोर्कका शवदाह गृह दिनरात लगातार काम गरिरहेको छ ।

सोही ठाउँमा मृतकको शव सुुरक्षित राख्नका लागि अस्पताल, रेफ्रिजेरेशन ट्रकको प्रयोग गरिएको छ । 

अमेरिकामा अन्तिम संस्कारको प्रक्रिया दुुई चरणमा पूूरा गरिन्छ । पहिलो अन्तिम संस्कार भन्दा पहिले  स्मृति सेवा हुन्छ । जसमा मृृतकका इष्टमित्र भेला भई उसलाई सम्झना गरिन्छ र श्रदाञ्जली दिन्छन्, अनि शवलाई दफन गरिन्छ वा जलाइन्छ ।

अमेरिकामा एक व्यक्तिको अन्तिम संस्कार गर्नका लागि औसत एक हजारदेखि सात हजार डलरसम्म खर्च हुुने जानकारको भनाइ छ ।

यो कुुरा शवका लागि कसरी कफिन छनौट गरे, खाल्डो खन्ने मजदुुुर र शवगृहको जग्गामा निर्भर रहन्छ ।

२०१९ को तथ्यांक अनुुुसार अमेरिकामा ५५ प्रतिशत मानिस शव जलाउँछन् जब कि ३९ प्रतिशत मानिस शव गाड्छन् ।

शवलाई गाड्न धेरै लागत लाग्दछ । यसले पर्यावरणलाई नोक्सान हुुने चिन्ता भएका कारण आजकल अमेरिकी नागरिक आफ्नो परिवारजनको शवलाई गाड्नका सट्टा जलाउन उपयुुक्त ठान्छन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि शव गाड्न वा जलाइरहेका छन्, तर स्मृति सेवा गर्न ढिलाई भइरहेको छ ।

कोरोना भाइरसले प्रभावित प्रमुुख अमेरिकी राज्यमध्ये एक वासिङ्टनका फ्यूूनरल डाइरेक्टर एसोसिएनका कार्यकारी निर्देशक राँब गाँफ भन्छन्–‘शमसान घर,अन्तिम संस्कार पछि अवशेष सिधै कब्रस्तानमा पुर्याइन्छ । जहाँ शव गाड्ने ठाउँ पहिले नै तयार गरिन्छ । शवको अवशेष वा शव ढाक्ने गाडी वा कुुनै शुुल्क लिने गाडी सिधै शव गाड्ने ठाउँसम्म लिएर जान्छ र तुुरुन्त दफन गरिन्छ वा अन्तिम संस्कार क्रिया गरिन्छ ।’

राँब गाँफ भन्छन्–‘कब्रस्तानका कर्मचारीका अलावा अरु कोही हुुँदैनन् न त मृतकका परिवारजन नै, न कोही अरु । परिवार त्यसपछि भने आउन सक्छन् तर उनीहरुलाई ठूूलो संख्यामा आउन अनुुमति छैन अर्थात् अन्तिम सभा हुुँदैनन् त अन्तिम संस्कारको समय कोही अन्य रीतिरिवाज निभाइन्छ नै ।’

यस्तो परिस्थितिमा आफ्नो परिवारको शव रेफ्रिजेरेशनमा राख्ने विकल्प पनि चुुनिरहेका छन्, अवस्था राम्रो भएमा अन्तिम संस्कार रीतिरिवाजका अनुुसार अमेरिकी परम्परा अनुुसार सम्पन्न गर्ने आशा नै हो । यो परिपाटी कोरोना भाइरसका अवाला अन्य बिरामीका कारण भए पनि यही चलन छ ।

फ्नूूरल होम डे स्प्रिङ एण्ड फिचका अध्यक्ष विक्टर फिच भन्छन्–‘यदि परिवारजनको इच्छा छ भने उनको अजीजको शव चीसो वातावरणमा सुुरक्षित राखिन्छ, हामी सबै शव सुुरक्षित राख्नका लागि त्यसमा रसायनहरु लेप गरिन्छ । यसको अर्थ शवको रगत वा अन्य फ्लुुइड निकालेर केमिकल हालियोस् ताकि शव सड्ने प्रक्रिया ढिलो होस् ।’

यसले अन्तिम संस्कारका खर्च तीन सयदेखि एक हजार डलरसम्म बढ्छ ।

कामदार सुुरक्षा, आवश्यक स्रोतहरुको अभाव
अमेरिकामा कोरोना भाइरसको बढ्दो प्रकोपले अन्तिम संस्कारको समय, वा शव सफा गर्न, नुुहाउन, धुुने समय, शवगृहका कर्मचारीको सुुरक्षा पनि एउटा ठूूलो मुुद्धा बनेको छ ।

भिक्टर फिच भन्छन्–‘जुुन समय शवलाई धुुने वा नुुहाइन्थ्यो सोही समय हामी पानीको प्रवाह नियन्त्रण गर्छौं । किनकि शरीरबाट निस्कने श्रावदेखि संक्रमित हुुने खतरा हुुन्छ । यसका लागि फरक फरक तौलिया वा दोस्रो सामानको प्रयोग गरिन्छ । यसलाई अलग्गै सेनिटाइजर गर्न पर्छ । हामी यी चीजहरु अन्य सामानहरु भन्दा टाढा राख्छौं । जसलाई पछि धुुने जरुरत पर्दैन ।’

गोपनियताको सन्दर्भमा मृतकको बारे हरेक शवका बारे अस्पतालमा जानकारी दिनुहोस् वा सायद नदिए पनि उसको मृत्युु कोरोना भाइरसले होस् वा अन्य कारणले  ।’

यसको परिणाम अन्तिम संस्कार गर्ने हरेक शवलाई कोरोना भाइरस संक्रमित मानेर हरेक पटक उनीहरु सावधानीपूूर्वक काम गर्न बाध्य छन् ।

अमेरिकाभरि नै शवदाह गृहमा कर्मचारीको सुरक्षाका लागि आवश्यक संसाधन जस्तै मास्क, पञ्जा, गाउनलगायत सबै सामानको अभाव डाक्टर वा अन्य स्वास्थ्यकर्मीहरुले गरेका छन् ।

विक्टर फिच भन्छन्–‘हामी आफ्नो राज्यका जनप्रतिनिधिका साथ मिलेर काम गरिरहेका छौं, ताकि निजी सुुरक्षा उपकरण अर्थात् पीपीई हाम्रो प्राथमिकताका आधारमा उपलब्ध गराइन्छ । हिजोआज नाइटे पञ्जा, एन ९५ मास्क, सुुरक्षित मास्क र अनुुहार ढाक्ने उपकरण पाउन धेरै मुुश्किल छ ।’

सबैभन्दा अफ्ठ्यारो चरण
अन्तिम संस्कारको पूरा प्रक्रियामा सबैभन्दा मुश्किल हिस्सा चाहिँ जब मृतकका परवारजनलाई बताइन्छ कि अन्तिम संस्कारको समय उनीहरु के गर्न सक्छन र के गर्न सक्दैनन् ।

सीएटलमा मुुस्लिम समुुदायका संसाधन केन्द्रका खिज्र शरीफ भन्छन्–‘यो धेरै भावानात्मक चरण हो, अक्सर मानिसहरु निर्देशनको पालना गर्छन् तर कतिपय समय पालना पनि गर्दैनन् ।’

विक्टर फिच एउटा मानिसको मृत्युुको समय याद गर्दै भन्छन्–‘वासिङ्टन राज्यमा निकै राम्रो सम्पत्ति छ, जसको सम्बन्ध हाम्रो एक विश्वविद्यालय, युनिभर्सिटी अफ वासिङ्टनसँग पनि छ त्यो व्यक्ति हाम्रो राज्यको फुुटबल टिम सीएटल हाँक्ससँग पनि जोडिएको थियो ।’

यद्यपि फिचले गोपनियताका कारण उसको नाम बताएनन् तर उनले भने–‘आशा थियो हजारौं मान्छे उपस्थित हुुन्छन्, ताकि उसको सबै उपलब्धिहरु सम्झन सकौं ।’

तर अवस्था पनि यस्तो छ कि, ऊ जस्तो असाधारण मान्छेको अन्तिम संस्कारमा पनि यस्तो केही गरिएन ।

यो अफ्ठ्यारो परिस्थितिका दौरान मानिसहरुले एउटा समाधानका बाटो पहिल्याएका छन् । अब अन्तिम संस्कार वेबकाष्ट गर्ने वा अनलाइन प्रशारण गर्ने र पछि उक्त भिडियो क्लिप बनाएर आपसमा फोनबाट सेयर गर्न सकियोस् ।

अब अगाडि के हुुन्छ ?
जसरी मृतकको संख्या बढिरहेको छ यसबारे चिन्ता पनि बढिरहेको छ । साझा दुुःखको दौरान मानिसहरु मानिसको उर्जामा कस्तो असर होला ? उसको मानसिक स्थितिमा के प्रभाव पर्ला?

राँब गाँफ भन्छन्–‘जो मानिस कोरोना भाइरसले संक्रमित हुुन्छन्,उनीहरुलाई क्वारेन्टाइनमा राखिन्छ । बिरामीका दौरान परिवारजनका आसपास रहेर हेरविचार गरिँदैन र यदि त्यसपछि मृत्युु भएको खण्डमा अन्तिम समयमा पनि परिवारका निकटले उसको नजिक जान पाउँदैनन् । अनि अन्तिम संस्कारका लागि शवदाह गृह पुर्याइन्छ । त्यति नै बेला के गर्ने वा नगर्ने बारेमा सम्झाउने काम गरिन्छ।’

अन्तिम संस्कार उद्योगमा फिचले आफ्नो परिवारको दोस्रो पुुस्ताको प्रतिनिधित्व गर्दछ र तिनीहरु मृतकहरुको बढ्दो तथ्यांकको प्रभाव स्पष्ट रुपमा महसुुस गरिरहेका हुुन्छन् ।

फिच भन्छन्–‘हामीलाई यो अवस्थाबाट बाहिर निस्कन समय लाग्न सक्छ । हामी न त आफ्ना परिवारजनका बिरामी हुुँदा नजिक हुुन्छौं न त अन्तिम संस्कारमा र अन्तिम संस्कार पनि ठीक ढंगले गर्न पाइरहेका हुुँदैनौं । हामीहरु यी कठिनाइहरुका बारेमा आफूूलाई आश्वस्त पार्न धेरै समय लिन्छौं । कोरोना भाइरसको महामारी आज नभए पनि भोलि अन्त हुुनेछ तर यो खराब सम्झनाहरु लामो समयसम्म मानिसहरुको पछाडि छोड्ने छैन ।’

इमाम अदम जमाल भन्छन्–‘२३ अप्रिलदेखि रमजानको केस महिना सुुरु हुुनेछ । यो त्यो समय हो, जब हरेक रात सयौं मानिस मस्जिदमा भेला हुुन्छन् तर यस्तो अवस्थामा मस्जिदमा आउने छैनन् । सबै मानिस आआफ्नो घरमै रहनेछन् । प्रत्येक मानिस आफ्नो घरमा नै नमाज पढ्नेछन् । सायद यो कुुरा कतिपयलाई थाहा पनि नहोला अथवा हामी यो कसरी गर्न सक्छौं ? यस्तो अवस्थाको सामना गर्न धेरै मानिसलार्ई मुुस्किल पर्नेछ । यसका लागि एक समुुदायका रुपमा हामीले चाँडै नै यी परिस्थितिहरुमा आफूूलाई अनुुकुुल बनाउनुुपर्छ । अनि हामी अनलाइन सम्भव भएमा जुुनसुुकै सहयोग गर्न कोशिस गर्छौं।’

(भावानुदित)