काठमाण्डौ । कोरोनाभाइरस महामारीका बीच नक्कली दबाइको कारोबारमा वृद्धि भइरहेको छ । 

विश्व स्वास्थ्य संगठनले यसबारे चेतावनी दिएको छ । 

कोरोनाभाइरस बिरामीसँग जोडिएका नक्कली दबाइको खतरनाक असर हुुन सक्ने संगठनको भनाइ छ । 

महामारीको रोकथाममा प्रभावकारी औषधि वा खोपहरु अहिले बजारमा उपलब्ध छैनन् ।

विश्व स्वास्थ्य संगठन टिमका पेरनेट बोरडेलिन स्टीव भन्छन्–‘नक्कली दबाइ यस बिरामीको इलाजका लागि हैन । यसको कारणले नोक्सानी साबित हुुनसक्छ । यो हुुनसक्छ कि विषाक्त रसायन उत्पादन गर्दा प्रयोग गरिएको थियो ।’ 

विश्वका कतिपय देशमा लकडाउनका कारण दबाईको आपूूर्तिको संयन्त्र टुुट्न सुुरु भएको छ । भारतमा दबाइ निर्माता कम्पनीहरुमा औसत ५०–६० प्रतिशत काम भइरहेको छ । यहाँबाट अफ्रिका २० प्रतिशत दबाइ आपूूर्ति हुुने गरेको छ, तर उत्पादनमा भएको कमीका कारण अफ्रिकी देशमा सबैभन्दा धेरै प्रभावित भइरहेका छन् । दबाई तयार गर्न उनीहरुलाई संघर्ष गर्न परिरहेको छ । ट्याब्लेटका लागि कच्चा पदार्थ पनि महङ्गिएको छ ।

जसको भार सहन मुुश्किल परिरहेको कम्पनीहरुको तर्क छ । यसको असर एन्टीबायोटिक र एन्टी मलेरिया जस्ता आधारभूूत दबाइहरुमाथि परिरहेको बताइन्छ। 

पाकिस्तानमा मलेरियाबाट बच्न दबाई कलोरोक्वीनमा प्रयोग हुुने सामाग्रीको मूूल्य १०० डलर हुुन्थ्यो, तर यसको मूूल्य बढेर १ हजार १५० डलर प्रति किलो पुुगेको छ । अफ्रिकी देश कंगो र क्यामरुनमा ठूूलो मात्रामा नक्कली कलोरोक्वीन दबाइ बिक्री भइरहेको घटना बाहिरिएको समाचारमा दाबी गरिएको छ । 

कंगोमा सामान्य रुपमा ४० डलरमा बिक्ने दबाइ अब २५० डलरभन्दा धेरैमा बिक्री हुन थालेको छ । यद्यपि ब्रिटेनमा रजिष्टर्ड दबाइ कम्पनी ब्राउन एण्ड बर्क फर्मास्यूूटिकल लिमिटेडले यो दबाइसँग सम्बन्ध नरहेको दाबी गरेको छ । उसले यो खबरको खण्डन पनि गरेको छ । 

विश्व स्वास्थ्य संगठनका स्टीव भन्छन्–‘जब माग र उत्पादन बीच असन्तुुलन हुुुन्छ, तब गैरकानूूनी वा नक्कली दबाईको माग बढ्दछ ।’ 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको कलोरोक्वीन र हाइड्रोक्लोरोक्वीनको प्रभावकारी भएको खबर पछि मलेरियाको उपचारमा प्रयोग हुुने दबाइको माग बढेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले क्लोरोक्वीन र हाइड्रोक्लोरोक्वीन कोरोनाभाइरसका विरुद्ध प्रयोग ठीक छ भन्ने प्रमाण नभएको बताइन्छ ।