कोभिड १९ संक्रमणसँग लड्नका लागि विश्वभर जनता र सरकारले रोज्ने बाटोले नै आगामी वर्षमा हाम्रो विश्व बदलिनेछ । यो इतिहासकार युवाल नोआह हरारीले विश्वास गरेका छन् । यी व्यक्ति ए ब्रिफ हिस्ट्री अफ ह्युुुमनकाइन्डका लेखक पनि हुन् ।
यो महामारी पश्चात कस्तो समाजको निर्माण हुुन्छ ? विश्वभरिका देशहरुबीच एकआपसमा एकता बढ्ला ? वा एकअर्काबीचको दूूरी बढ्ला ? अंकुुश लगाउन र निगरानी बढाउने तौरतरिकाले नागरिकलार्ई बचाउला वा उनीहरुमाथि उत्पीडन होला?
बीबीसीको एक नयाँ कार्यक्रममा हरारीले भने–‘संकट भयकंर भएकाले फैसला पनि निकै ठूूलो लिनुुपर्छ । र यो फैसला पनि निकै चाँडै लिनुुपर्छ, तर हामीसँग विकल्प भने छ ।’
राजनीतिक संकट
हरारी भन्छन्–‘हामीसँग मुुख्य दुई विकल्प हुुुनसक्छ । यो संकटको सामना हामी राष्ट्रवादी धारबाट गर्नेछौ वा विश्व साझेदारी अथवा एकजुुट प्रदर्शन गरेर गर्न सकिन्छ ।
प्रत्येक राष्ट्रको स्तरमा पनि हाम्रो सामुु विकल्पहरु छन् ।सर्वाधिकार सम्पन्न केन्द्रीकृत निगरानी व्यवस्था(फुुल सर्भिलेन्स व्यवस्था) र सामाजिक एकता भएको नागरिक सशक्तीकरणमध्ये एक चुुन्नुुपर्ने हुुन्छ ।
हरारीका अनुुसार कोरोनाभाइरस महामारीले वैज्ञानिक र राजनीतिक दुुुवैतर्फ प्रश्नहरुको जन्म दिएको छ ।
उनका अनुुसार विश्वमा केही वैज्ञानिकहरु चूूनौती हल गर्न कोशिश त गरिरहेकै छन् तर राजनीतिक समस्याहरुमा उनीहरुको ध्यान कम गएको छ ।
उनले भने–‘महामारी रोक्न र जित्नका लागि मानवतासँग सबै चीज छ, जसको जरुरत पनि छ । यो कुुनै मध्यकालीन समय होइन । यो प्लेगवाला महामारी पनि हैन । यस्तो पनि हैन कि मानिसहरु मरिरहेका छन् र हामीलाई थाहै नभएको पनि हैन र के गर्नुपर्छ भन्ने ज्ञान नै नभएको अवस्था पनि होइन ।
चीनका वैज्ञानिकहरु कोरोनाभाइरस संक्रमण फैलँदाको दौरान सार्स कोव २ भाइरसको पहिचान गरेर त्यसलाई म्याप गरियो । अन्य देशहरुमा पनि यस्तै अनुुसन्धान भइरहेको छ ।
अहिलेसम्म कोभिड १९ संक्रमणको उपचार मिलिरहेको छैन । यद्यपि विश्वभरका रिसर्चर अत्याधुुनिक प्रविधि र नवीनताका माध्यमबाट यस भाइरसको खोपहरु विकास गर्न व्यस्त छन् ।
नियमित हात धुुने र सामाजिक दूूूरी कायम राख्दा भाइरस संक्रमण फैलन रोक्न सकिन्छ ।
हरारीले बीबीसीको न्यूूूजआवर कार्यक्रममा भने–‘यो भाइरसलाई हामीले मज्जाले बुुुझिसक्यौं । हामीसँग प्रविधि पनि छ । यो भाइरसलाई जित्न हामीसँग आर्थिक संसाधन पनि साथै छ, तर सवाल यो छ कि हामी यो शक्तिको प्रयोग कसरी गर्छौँ । यो एक राजनीतिक सवाल हो ।’
खतरनाक प्रविधिको प्रयोग
हरारीले हालै फाइनान्सियल टाइम्समा लेखेको एक लेखमा भनेका छन्–‘इमर्जेन्सीले छिटो अगाडि ऐतिहासिक प्रक्रियाहरु बनाउँछ । फैसला लिन वर्षौ लाग्छ तर ती फैसलाहरु रातारात गर्नुुपर्छ ।
सोही लेखमा उनले लेखेका छन्–‘आपतकालीन समयमा खतरनाक तेजीले विकसित भइरहेको निगरानी प्रविधिको समुुचित विकास र सार्वजनिक बहस बिनै काम लगाउनुुपर्छ ।’
हरारीका अनुुुसार सरकारभित्र पनि यो प्रविधि गलत हातमा प्रयोग हुुनसक्छ । सरकारले पूूर्ण रुपमा निगरानी व्यवस्था लागूू गर्न सक्छ, जसमा हरेक मानिसउपर हरपल नजर राख्न सकिन्छ र अपारदर्शी ढंगले फैसला गर्न सक्दछ ।
उदाहरणका लागि इजरायलको सरकारले गोप्य सेवाहरुको तागत बढाइदिएको छ, यसको मद्धतले स्वास्थ्यकर्मीहरुको मात्र हैन कि शंकास्पदहरुको लोकेशन डाटाउपर पनि नजर राखिएको छ । यसलाई दक्षिण कोरियामा पनि लागूू गरिएको छ, तर हरारीका अनुसार दक्षिण कोरियामा यसभन्दा धेरै पारदर्शिताका साथ लागूू गरिएको छ ।
विश्वका अत्याधुुनिक निगरानी व्यवस्था भएका देशहरुमा सामेल चीनमा क्वारेन्टाइनको उल्लंघन गर्ने नागरिकलाई पहिचान गर्नका लागि अनुुहार पहिचान गर्ने प्रविधिको प्रयोग गरिएको छ।
हरारीका अनुुसार थोरै समयका लागि यो प्रविधिको प्रयोगलाई मान्यता दिन सकिन्छ तर यसलाई स्थायी गर्दा भने कतिपय खतरा हुन्छ ।
हरारीले बीबीसीको कार्यक्रममा भनेका छन्–‘स्वास्थ्य वा आर्थिक मसलामा सरकारले निर्णायक फैसला लिन सक्छ । कडा कदम उठाउन सक्छ । म यसको पक्षमा छुु तर यो यस्तो चाहिँ पुुरै नागरिकको प्रतिनिधित्वप्राप्त सरकारले मात्र गर्न आवश्यक छ ।’
५१ प्रतिशत आवादी समर्थन प्राप्त सरकार बन्न सक्छ तर यस्तो कठिन समयमा सरकारले पूरै देश अर्थात् नागरिकको ख्याल राख्न आवश्यक पनि छ ।
अलगाववाद र आपसी समर्थन
हरारीका अनुुसार यो वर्ष राष्ट्रवाद र लोकतन्त्रवादीहरुको लहरमा सवार सरकारले समाजको दुुई शत्रुुुता राख्नेलाई शिविरहरुमा बाडिदियो । विदेशी र गैरविदेशीप्रति घृणालाई प्रोत्साहन दिइयो ।
तर विश्वभरि फैलिरहेको महामारी, सामाजिक समूूह र देशहरुमा भेदभाव कोही गर्दैनन् ।
हरारी भन्छन्–‘कठिनाइको सामना गर्र्दै गर्दा एक्लै अघि बढ्ने कि सहयोगले अघि बढ्ने भन्ने तय चाहिँ हुुनुपर्छ ।’
विश्वका कतिपय देशहरु यो महामारीसँग लड्न कोशिश गरिरहेको छ । उनीहरु चिकित्सीय सुुविधाहरु र प्राइभेट फर्मबाट पाइने आपूूर्तिका मद्धत लिइरहेका छन् । दोस्रो देशका मास्क, रसायन र भेन्टिलेटरको आपूूर्ति कम गर्नका लागि अमेरिकाको विशेषगरी आलोचना पनि भइरहेको छ ।
धनी देशहरुका प्रयोगशालामा तयार खोपहरु विकासशील र गरीब मुुलुुकहरुमा पर्याप्त संख्यामा नपुुगेको आशंका गर्न थालिएको छ ।
हरारी यस्तो अवस्थामा आपसी सहयोगको महत्व रेखाकिंत गर्दै भन्छन्–‘बिहान चीनका वैज्ञानिकले केही सबक सिके भने उसलाई बेलुुकी तेहरानमा रहेको कुुनै बिरामीको ज्यान बचाउन काम लाग्न सक्छ ।’
हरारीका अनुुसार, विश्वभर आपसी सहयोगको मजबूूूती, जानकारी र सूूचनाहरु साटासाट र महामारीबाट प्रभावित देशमा मानव एवं मेडिकल संसाधनको निश्पक्ष वितरण धेरै तर्र्कसंगत छ ।
हरारी भन्छन्–‘आखिरीमा महामारीका बखत मानिसहरु एकअर्कालाई अलग राखेर आफ्नो ज्यान जोगाउन सफल रहे, यो पत्ता लगाउन वास्तविकतामा पुुनः ढुुङ्गे युुगमा जानुुपर्छ । मध्यकालीन युुगमा पनि १४ औं शताब्दी प्लेगको महामारी फैलिएको थियो । मध्यकालीन युुगमा बेवास्ता सम्भव थिएन ।’
सामाजिक व्यवहार पनि बदलिएला ?
हरारीका अनुुसार महामारीसँग लड्नका लागि लिइएको विकल्पहरुका कुुनै पनि असर हुुन्छ, मानिसको सामाजिकतामा परिवर्तन हुुँदैन । मनुुष्य एक सामाजिक प्राणी हो र रहनेछ ।
मानवको प्रकृति बिरामीका नजिक जाने र उसलाई करुणा जताउने हो । हरारीका अनुुुसार कोरोनाभाइरस मानवलाई सबैभन्दा राम्रो प्रकृतिको शोषण गरिरहेको छ ।
हरारी भन्छन्–‘यो भाइरस हामीलाई संक्रमित गर्नका लागि हो, हाम्रो राम्रो प्रकृतिको शोषण गरिरहेको छ तर हामी स्मार्ट बन्नुपर्छ । दिमागले सोच्नुुपर्छ, दिलबाट हैन कि सामाजिक अलगाव, सामाजिक दूूरीको मार्ग चुुुन्नु पर्छ ।’
‘हामी सबै सामाजिक प्राणीले यसो गर्न निकै कठिन छ तर मेरो ख्यालमा जब यो संकट भाग्दैन, तब मानिसलाई सामाजिक बन्धनको जरुरत ज्यादै महसुुस हुुुनेछ । मलाई लाग्दैन कि यो भाइरसले मानवको मूूल प्रकृति नै बदल्न सक्छ ।’ उनले भनेका छन् ।
बीबीसीबाट अनुदित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago