काठमाण्डौ । विश्वका लागि कोरोनाभाइरसको अपडेट र गाइडलाइन्स जारी गर्ने विश्व स्वास्थ्य संगठनका अध्यक्षलाई आफ्नो देशमा तीन महामारी उपेक्षित गरेको आरोप लागेको छ ।
डा. टेड्रोस ऐडनाममाथि आरोप लागिरहेको छ कि जब उनी इथियोपियाका स्वास्थ्यमन्त्री थिए, तब उनले त्यहाँ ३ पटक फैलिएको हैजाको महामारी दर्ता गरेनन् । टेड्रोस यी आरोपको खण्डन गर्दै आइरहेका छन् र उनले भने–‘अमेरिकी राष्ट्रपति टम्पले विश्व स्वास्थ्य संगठनमाथि चीनको पक्ष लिइएको आरोप छ, ताजा आरोप पनि त्यसैको हिस्सा हो ।’
महामारीको खण्डन
टेड्रोसमाथि मे, २०१७ मा आरोप लगाईएको थियो कि उनले देशमा २००६, ०९ र ११ मा तीन महामारी दर्ता गर्न इन्कार गरे । प्रोफेसर लैरी गाँस्टिनले २०१७ मा न्यूूयोर्क टाइम्समा भनेका छन्–‘टेड्रोसमाथि हैजाको महामारीको रिपोर्टको पुुष्टि गर्ने जिम्मेवारी थियो ।’
उनले कथित रुपमा थप भने–‘डब्लूूएचओ आफ्नो औचित्य गुुमाउँछ यदि उ महामारीलाई समेट्ने कोहीलाई चलाउनेछ ।’ सोही वर्ष सुुुडानमा पनि हैजालाई लिएर उनी माथि आरोप लागेको थियो ।
डाक्टरहरुले लेखेका थिए चिठ्ठी
पछिल्लो वर्षको सेप्टेम्बरमा अमेरिकाका डाक्टरले टेड्रोसलाई चिठ्ठी लेखेर भनेका थिए–‘सूूडानमा जे भइरहेकोछ ,उहाँमा तपाईँको मौनताको निन्दा गर्नुुपर्छ । सुुडानदेखि जेनेभा पीडितहरुलाई स्याम्पल पठाउन तपाईँ असफल हुुनुुभयो, जसको कारण हैजाको आधिकारिक पुुष्टि गर्न सकिएन । हरेक दिन यो एक महामारी हो र यसको तनाव तपाईँ आफैं जिम्मेवार हो ।’
टेड्रोसले गरे खण्डन
टेड्रोसमाथि लागेको आरोपमा उनलाई पर्यटनमा भएको नोक्सानबाट बचाउनका लागि हैजाको ठाउँमा अक्यूूट वाटरी डायरिया टर्मको प्रयोग भएको थियो ।
विश्व स्वास्थ्य संगठन नाम अलग लेख्दैमा बिरामीलाई सामना गर्न कुुनै फरक नपर्ने दाबी गरेको थियो । टेड्रोसले यो आरोपको खण्डन पनि गरे र आरोप लगाएका थिए कि उनलाई बदनाम गर्नका लागि यस्ता आरोप लगाइएको छ । मननयोग्य कुुरा चाहिँ यो आरोप लगाउने प्रोफेसर गाँस्टिनले यो बारेमा द टेलिग्राफ अखबारमा कुुरा गर्न अस्वीकार गर्दै भने–‘अन्तर्वार्ता धेरै अघि भएको थियो ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19