काठमाण्डौ । प्रख्यात लगानीकर्ता वारेन वफेटले एकपटक भनेका थिए कि सुुन लामो समयसम्म डराउनुुपर्ने उपाय हो । बर्कशायर ह्याथवेका सिइओले व्याख्या गर्दै भनेका थिए “यदि मानिसहरु बढी डराउँछन् भने तपाईले पैसा कमाउनुुहुुन्छ, र यदि उनीहरु कम डराउँछन् भने तपाईले पैसा गुुमाउनुुहुुन्छ, तर सुुनले आफैं भने केही पनि उत्पादन गर्न सक्दैन ।”
कोरोनाभाइरसको महामारीकोे विश्व स्वास्थ्य संकट आर्थिक संकटमा परिणत भएपछि यतिबेला विशेषगरी लगानीकर्तामा त्रास र भयको स्तर उच्च रहेको छ ।
स्वास्थ्य र आर्थिक संकटको चंगुुलबाट विश्वले कहिले मुुक्ति पाउने हो भन्ने विषयमा अझै अनिश्चितता कायम रहेको छ । अहिलेको जस्तो अनिश्चितताको समयमा स्टक जस्ता परम्परागत रुपमा अस्थिर लगानीबाट आश्रय खोज्नेहरुका लागि सुुनलाई “सेफ हेभन” को रुपमा लिने गरिन्छ । “स्टकमा गरिएको लगानीको तुुलनामा जहाँ सबैभन्दा ठूला ब्लुु चिप कम्पनीहरु पनि असफल हुुन्छन् त्यस्तोमा सुुनमा गरिएको लगानी अक्सर कम जोखिमपूर्ण हुुन्छ ।” लगानी प्लेटफर्म ई टोरोमा मार्केट इनालिस्टका रुपमा कार्यरत एडम भेट्इसेले भने ।
मूल्यको भरपर्दाे भण्डारण
मुुद्राको प्रारम्भिक रुपमा रहेको सुुनलाई यसको भौतिक स्वरुपताको विशेषताका कारण लामो समयदेखि मूल्यको विश्वसनीय भण्डारको रुपमा लिइँदै आइरहेको छ । व्यापारका लागि सुुन पर्याप्त मात्रामा उपलब्ध हुुन्छ, तर यसको आपूर्ति भने सीमित मात्रामा मात्रै हुुन्छ । त्यसैले यो मूल्यवान हुुनुुका साथै दुुर्लभ पनि छ । अन्य धातुु जस्तो यो क्षीण नहुुने भएकाले यो टिकाउ पनि हुुन्छ ।
सुुनको मूल्य सामान्ययता डलरमा निर्धारण हुुने गर्दछ र यो डलरको विपरीत दिशामा चल्ने गर्दछ । किनकी यदि अमेरिकी डलरको भाउ बढ्दा प्रति औंस सुुन खरीद गर्न कम डलर लाग्ने गर्दछ । भेट्टीसेका अनुुसार यही कारणले गत महिना डलरको मूल्यमा गिरावट आउँदा सुुनको मूल्यमा मन्दी छाएको थियो । जसका कारण स्पट गोल्डको मूल्य सजिलै कारोवार गर्न मिल्ने मूल्यमा झरेको थियो ।
सुुनको मूल्य सन् २०२० मा पहिलो पटक प्रति औंस १५०० डलर पुुगेको थियो । भेट्इसेका अनुुसार मार्च महिनामा कोरोना भाइरसको संकट चुुलिदै गएपछि जोखिमका बीच कम प्रतिफल चाहने लगानीकताहरु नगदतर्फ बढी आर्कषित भएका थिए । लगानीकर्ता सुन बेचेर नाफा निकाल्न बाध्य बनेकाले गत महिना सुनको मूल्यमा गिरावट आएको आँकलन गरिएको छ ।
यसो गरेर लगानीकर्ताले घाटालाई केही हदसम्म कम गर्ने प्रयास गरेका थिए, जसलाई मार्जिन कल भनिन्छ । तथापि गत महिना जब अमेरिकाको फेडेरल रिर्जभले ब्याजदरलाई शून्यमा कटौति गर्यो तब लगानीकर्ता डलर होल्ड गर्न कम प्रोत्साहित बनेका थिए । ब्याजदर कटौति गर्नुु भनेको प्रतिफल कम हुुनुु हो, जुुन लगानीकर्ताले ऋणपत्र वा बोन्ड खरीद गरेर आर्जन गरेका थिए ।
ब्याजदर कटौति गरेपछि लगानीकर्ताको प्रतिफल झनै कम हुुन पुुग्यो । त्यसबेला देखि सुुनले पुुनः आफ्नो लोकप्रियता हासिल गर्न थाल्यो र यसको मूल्य पुुनः पहिलेकै उकालो विन्दुुमा लम्कन थाल्यो ।
गत साता सुुनको मूल्य बढेर प्रति औंस १७६९ डलर पुुगेको थियो । जुुन मूल्य बितेको सात वर्षकै सबैभन्दा उच्च विन्दुु हो । युुके स्टक ब्रोकर द सेयर सेन्टरका इनभेष्टमेन्ट म्यानेजर सेरीडन एडम्सका अनुुसार कम आपूर्तिका कारण पनि सुुनको मूल्य उकालो लागेको हो।
वस्तुु तथा सेवाको लागत वृृद्धि हुँदा मूल्यमा गिरावट आउने गर्दछ, जसका कारण आर्थिक मन्दीको सिर्जना हुुने गर्दछ र यो मन्दीविरुद्ध सुुनलाई एउटा राम्रो बचाउको उपाय मान्ने गरिन्छ ।
उच्च प्रवेश विन्दुु
ज्याक्सनका अनुुसार वारेन वफेटले भनेजस्तै मानिसहरु सुुनमा लगानी गर्नुुको कारण सुुरक्षा हुुनसक्छ । किनकि सुुनले डिभिडेन्ट र ब्याज प्रदान गर्ने गर्दैन र यसबाट तपाइले पैसा गुुमाउन पनि सक्नुुहुुन्छ ।
उनका अनुुसार स्टक मार्केट जस्तै सुुनको मूल्य पनि ऐतिहासिक रुपमा अस्थिर भइरहन्छ र यसको मूल्यको गिरावट त्यत्तिकै नाटकीय पनि ।
ज्याक्सनले सुुनको दिर्घकालिन औसत मूल्य ६०० डलर देखि ७०० डलर वरपर रहेकाले हाल कायम यसको मूल्य एतेहासिक रुपमा अधिक रहेको बताए । “सुुनको मूल्य अहिलेको भन्दा माथि जान सक्दैन भनेर भन्न सकिने अवस्था छैन । तर आज सुुन बजारमा प्रवेश गर्ने विन्दुु भने उच्च रहेको छ ।” उनले भने ।
लगानी गर्ने तरिकाहरु
एडम्सका अनुुसार मानिसहरुले भौतिक सुुनमा लगानी गर्दा सिक्का र ज्वेलरीको मूल्य बढ्न सक्छ । यसका साथै सुुनलाई सुुरक्षित रुपमा भण्डारण गर्ने र यसको कारोवार गर्न बजार खोज्ने प्रक्रिया खर्चिलो हुुन सक्छ ।
सुुनखानीका कम्पनीहरुको सेयर किन्नु पनि सुुनमा लगानी गर्नुुको अर्काे तरिका हुुनसक्छ । ज्याक्सनका अनुुसार सुुनको मूल्यमा वृद्धि हुुँदा सुनखानीसँग सम्बन्धित कम्पनीहरुका मुुनाफा पनि बढ्ने गर्दछ, जसले लगानीकर्तालाई राम्रो प्रतिफल दिने गर्दछ ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago