काठमाण्डौ। कोरोनाभाइरसको महामारीका कारण विश्वका अधिकांश देश लकडाउनमा छन्। यो भाइरसविरुद्ध लड्न हरसम्भव कोसिसहरु भइरहेका छन्।

कोरोनाभाइरको प्रकोप र लकडाउनका बीच एकातिर विश्वको आर्थिक गतिविधि बन्दप्रायः छ भने अर्कोतिर केही यस्ता धनकुबेरहरु छन् जो तीव्रगतिमा पैसा बटुल्न सफल भइरहेका छन्। यो भाइरसबाट उनीहरुका लागि नोक्सानी होइन बरु पैसा कमाउने राम्रो अवसर बनेको छ।

आउनुस् यस्ता पाँच धनकुबेरहरुका बारेमा जानौँ जो अहिले भरमार कमाइ गरिरहेका छन्। 

१. जेफ बेजोस

विश्वकै धनाढ्य जेफ बेजोसको सम्पत्ति लकडाउनमा घटेन बरु उल्टै बढ्यो। अमेजनका सीईओ बोजोसको आयमा गत जनवरी १ देखि अप्रिल १० सम्म करिब १ अर्ब डलरको उछाल आएको छ। यसको एउटा ठूलो कारण हो लकडाउनका क्रममा पसलहरु बन्द छन् तर अनलाइन सपिङमा छुट दिइएको छ। यो छुट केवल अत्यावश्यक सामग्रीका लागि मात्र हो। तर यही कारण अमेजनको अनलाइन सपिङलाई निकै फाइदा भयो।

२. एरिक युआन

लकडाउनका कारण मानिसहरु आफ्नो घरमा कैद छन्। यस्तो अरुसँग कुरा गर्न वा मिटिङ गर्न केवल एउटै तरिका छ, त्यो हो भिडियो कन्फ्रेन्सिङ। यसका लागि अधिकतम मानिस जुम एप प्रयोग गरिरहेका छन्। जसका माध्यमबाट एकैपटक १०० जनासम्म भिडियो कन्फ्रेन्सिङ गर्न सक्छन्। यही कारण जुम एपका मालिक एरिक युआनको सम्पत्ति तीव्रगतिमा बढिहरकेो छ। कोरोनाभाइरसका कारण पछिल्लो तीन महिनामा युआनको सम्पत्ति करिब १ अर्ब डलरले बढोत्तरी भएको छ। 

३. एलन मस्क

विश्वभर कोरोनाभाइरसको प्रकोपका कारण हरेक देशमा भारीमात्र भेन्टिलेटरको अवाश्यक भइरहेको छ। थुप्रै कार कम्पनीहरु अहिले भेन्टिलेटर बनाएर अस्पताललाई बेचिरहेका छन्। जसमा फोर्ड मोटर्स, जनरल इलेक्ट्रोनिक्स र टेस्ला पनि समावेश छन्। तिनैमधये टेस्लाका मालिक एलन मस्कले यही ३ महिनाको अवधिमा भेन्टिलेटर बनाएर करिब १ अर्ब डलर सम्पत्ति बढाउन सफल भएका छन्।

४. एलेक्स शू हङ

चीनको एउटा मेडिकल डिभाइस बनाउने कम्पनी मिन्ड्रेले अहिले भरमार कमाइ गरिरहेको छ। यो कम्पनीले पनि भेन्टिलेटर बनाइरहेको छ। जुन कोरोनाकालमा अत्यावश्यक मानिएको छ। विश्वभर अहिले भेन्टिलेटरको माग अत्याधिक छ। किनकि कोरोनाभाइरसको प्रकोप झनझन बढ्दै गइरहेको छ। यही कारण मिन्ड्रेका मालिक एलेक्स शू हङको कमाइ पनि तीव्र रुपमा बढ्दै गइरहेको छ। 

५. बंगुर व्यापारी दम्पती

कोरोनाकालमा पोर्क (बंगुर) को कारोबारमा चीनको दिग्गज कम्पनी मुयुआन फुड्सले राम्रै आम्दानी गरिरहेको छ।  यो कम्पनीका मालिक एक दम्पतीले पछिल्लो २ महिनामा करिब ३ अर्ब डलरले आफ्नो सम्पत्ति बढाउन सफल भएका छन्। अहिले उनीहरुको कुल सम्पत्ति २२ अर्ब डलरको भएको छ। यसको प्रमुख कारण भनेको अफ्रिकन स्वाइन फ्लुको कारण चीनमा पोर्क इन्डस्ट्रीहरु धरासायी बन्यो। यो कारणले प्रोडक्सन तीव्र रुपमा घट्यो र पोर्कको मूल्य आकासिन थाल्यो। यही कारणले यो दम्पतीलाई चिठ्ठा पर्यो। किनकि उनीहरुले स्वस्थ बंगुर पालेर आपूर्ति गर्न थाले र राम्रो कमाइ गरिरहन सफल भए। – एजेन्सी