काठमाण्डौ । कोरोना भाइरस नियन्त्रणका लागि पाकिस्तानले त्यहाँ जारी लकडाउनलाई मे ९ सम्म लम्ब्याएको छ । 

त्यहाँका योजनामन्त्री असर उमरले जारी लकडाउनलार्य मे ९ सम्म लम्ब्याइने घोषणा गरेका सिएनएनले जनाएको छ । 

उमरका अनुसार सबै प्रादेशिक सरकारहरुसँगको छलफल र सल्लाहपछि लकडाउनको अवधि लम्ब्याउने निर्णय भएको हो । 

पाकिस्तानमा हालसम्म ११ हजार ९४० व्यक्तिमा कोरोना संक्रमण भएको छ । हालसम्म त्यहाँ कोरोना भाइरस संक्रमणका कारण २५३ व्यक्तिको मृत्यु भइसकेको छ ।