काठमाण्डौ । कोरोनाभाइरस संकटका कारण पर्यटकहरुलाई फेरि विश्वभर यात्रा गर्न केही समय लाग्न सक्छ। तर यदि तपाइँ त्यतिन्जेलसम्म तोकिएको र अनुुमति दिइएका विश्वका केही भूभागहरुको यात्रा गर्न सक्नुुहुुन्छ भनियो भने ?
हो यस्तै सम्भावनाबारे अस्ट्रेलिया र न्युजिल्यान्डका राजनीतिज्ञहरु विचारविमर्श गरिरहेका छन्। अस्ट्रेलिया र न्युुजिल्यान्डका राजनीतिज्ञहरु आपसका सीमानाकाहरु खोलेर दुुवै राष्ट्रबीच एउटा ट्राभल करिडोर अर्थात “ट्राभल बबल” निर्माण गर्ने सम्भावनाबारे छलफल गरिरहेका छन्।
यी दुुवै देशहले कोरोना संक्रमणको बढ्दो प्रभावलाई कम गर्न गत मार्च महिनादेखि विदेशी पाहुुनाका लागि आफ्ना सीमा नाकाहरु बन्द गरेका छन्। जसका कारण दुुवै देशको पर्यटन उद्योगमा झट्का लागेको छ।
अहिले यी दुुवै देशले कोरोनामाथि नियन्त्रण राख्न सफल भएको देखिरहँदा दुुवै देशका राजनीतिज्ञहरु आपसको सीमानाकाहरु कसरी र कहिले खोल्न सकिन्छ भनेर छलफल गरिरहेका छन्। “यदि सर्वप्रथम हामीले विश्वका कुुनै पनि देशसँग पुुनः जोडिने हो भने निशंकोच त्यो देश न्युुजिल्यान्ड हो”, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गत महिना भनेका थिए।
“यो यस्तो अवस्था हो जुुन हामी सबै चाहन्छाँै। तर अहिलेको हाम्रो पहिलो प्राथमिकता भनेको दुुवै देशको अवस्था कोरोनामुुक्त बनाउनुु र आत्मविश्वासका साथ आफ्ना सिमा नाकाहरु खोल्न सकौ भन्ने हो”, न्युुजिल्यान्डका प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले अप्रिल २७ मा भनेका थिए। उनले न्युुजिल्यान्ड अस्ट्रलियाभन्दा पहिले नै सीमानाका खोल्न सक्षम रहे पनि आफूले त्यो जोखिम उठाउन नचाहेको बताएका थिए।
त्यसैले दुुवै देशबीच यात्रा सहज बनाउन निमार्ण गरिएको यो “बबल” कहिले वास्तविकतामा परिणत हुुने हो भन्ने स्पष्ट भइसकेको छैन।
वर्तमान अवस्थामा दुुवै देशमा आन्तरिक यात्रामा अझैसम्म प्रतिबन्ध रहेको छ।
त्यस्तै सबै विदेशी आगन्तुुकलाई अनिवार्य रुपमा १४ दिनको क्वारेनटाइनमा राखिँदैछ। ट्राभल विशेषज्ञहरुका अनुुसार सम्भवतः न्युुजिल्यान्डमा स्की गर्ने सिजन प्रारम्भ हुुँदा र सेप्टेम्बर महिनामा स्कुुल बिदा हुँुदा पर्यटन उद्योगले गति लिन सक्नेछ।
विशेष सम्बन्ध
न्युुजिल्यान्ड र अस्ट्रेलियाले एकअर्कालाई सर्वप्रथम रोज्नुुको पछाडि केही कारणहरु छन्। दुुवै देशहरु २ हजार किलोमिटर लामो सामुुद्रिक दूरीले विभाजित भए पनि यिनीहरुबीच विश्वकै निकट द्विपक्षीय सम्बन्ध रहेको छ।
दुुवै देशका पार्सपोर्ट होल्डरहरुले एकअर्काको देशमा असीमित समयका लागि बिना कुुनै रोकटोक यात्रा गर्न र काम गर्न सक्छन्। दुुवै देशले एकअर्काको पर्यटन उद्योगलाई व्यापक रुपमा योगदान पुुर्याइरहेका छन्।
अस्ट्रेलियन नागरिकहरुले न्युुजिल्यान्डको अन्तर्राष्ट्रिय आगमनको लगभग ४० प्रतिशत हिस्सा ओगट्ने गर्दछन् र न्युुजिल्यान्डको अन्तर्राष्ट्रिय आगन्तुुकको लगभग २४ प्रतिशत खर्च गर्ने गर्दछन्। न्युुजिल्यान्डका लागि यो आँकडा महत्वपूर्ण रहेको छ। किनकि उसका लागि पर्यटन उद्योग सबैभन्दा ठूलो निर्यात उद्योगको रुपमा रहेको छ।
त्यस्तै न्युुजिल्यान्डका नागरिकहरुले अस्ट्रलियाको अन्तर्राष्ट्रिय आगमनको १५ प्रतिशत हिस्सा ओगट्ने गर्दछन् भने अस्ट्रेलियाको अन्तर्राष्ट्रिय आगन्तुुकको जम्मा ६ प्रतिशत खर्च गर्ने गर्दछन्।
पर्यटन उद्योग अस्ट्रेलियाको चौथो ठूलो निर्यातजन्य उद्योग भए पनि अझै पनि खर्बौं डलरको उद्योगका रुपमा रहेको छ।
दुुवै देशका पर्यटन उद्योगहरु कोरोनाभाइरसका कारण नराम्ररी प्रभावित बनेका छन्। त्यसैले दुुवै देशको पर्यटन गतिविधिलाई उकास्नका लागि तयार पार्न लागिएको ट्राभल बबलाई दुुवै देशका प्रतिनिधिहरुले स्वागत गर्दा त्यसमा आश्चर्य मान्नुुपर्ने कुुनै कारण हुुने छैन।
यसले कसरी काम गर्छ ?
के कुुरा दिमागमा राख्न आवश्यक छ भने अस्ट्रेलिया विभिन्न राज्य र क्षेत्रहरु मिलेर बनेको छ। यिनीहरुमध्ये केहीमा अतिरिक्त क्वारेनटाइनको नियमहरु लागू गरिएका छन्। उदाहरणका कुुनै एक व्यक्तिले सिड्नी (न्युु आउथ वेल्स) बाट ब्रिसबेन (क्वइन्सल्यान्ड) को यात्रा गर्नुुपर्यो भने उक्त व्यक्तिले १४ दिनको सेल्फ क्वारेनटाइनमा रहनुुपर्दछ।
त्यस्तै विमानस्थलहरुले पनि राज्य र क्षेत्रगत रुपमा नियम र प्रक्रियाहरु अपनाउनुुपर्ने हुुन्छ। रोबर्टले भविष्यको यस्तो परिकल्पना गरेको जहाँ कोरोनाको परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाले मात्रै विमानस्थलमा प्रवेश पाउनेछन्।
पर्यटकहरु आफ्ना गन्तव्यमा पुुगेपछि उनीहरुको तापमान जाँच गरिनेछ। यात्रा गर्ने पर्यटकहरुले पहिलेको भन्दा धेरै जानकारीहरु उपलब्ध गराउनुुपर्ने छ। जसका कारण उनीहरुलाई आवश्यक परेको बेला सजिलै टेस्ट गर्न सकियोस्।
के बबलको आकार ठूलो हुुन सक्छ ?
बबलको दायरालाई फराकिलो पार्न यसलाई प्यासेफिक आइल्यान्डसम्म विस्तार गर्नेबारेमा पनि छलफल भइरहेको छ। स्वास्थ्यको दृष्टिकोणबाट हेर्दा प्यासेफिक आइल्यान्डका देशहरु कोरोनाभाइरसको प्रकोपबाट बचेको जस्तो देखिन्छन्। यो क्षेत्रको कोरोनाबाट सबैभन्दा धेरै प्रभावित राष्ट्र फिजीमा कोरोना संक्रमणका जम्मा १८ वटा केसहरु देखिएका छन् र त्यहाँ कोरोनाबाट कसैको पनि मृत्युु भएको छैन।
प्यासेफिक आइल्यान्डका अधिकांश देशहरुले कोरोनाको सम्भावित संक्रमणलाई रोक्नका लागि समयमै आफ्ना सीमाहरु बन्द गरेका थिए। कोरोनाको संक्रमण यो क्षेत्रमा त्यति नफैलिए पनि यसले यहाँको पर्यटन क्षेत्रलाई भने नराम्ररी प्रभावित पारेको छ। यो क्षेत्रको प्रमुुख आर्थिक स्रोतका रूपमा पर्यटन उद्योग रहेको छ। त्यसैले अस्ट्रेलिया र न्युुजिल्यान्ड बाहिर प्यासेफिक आइल्यान्डमा पनि बबललाई फलाउन सकियो भने यसले त्यस क्षेत्रको पर्यटनलाई गति दिने विश्वास लिइएको छ।
यसका साथै प्यासेफिक आइल्यान्डका देशहरुबाट यी दुुवै देशमा आप्रवासी कामदारहरु पनि आउने छन्। जसले त्यहाँ कारोनाको प्रभावलाई कम गर्न सहयोग गर्नेछ। जुुन अस्ट्रेलिया, न्युुजिल्यान्ड र चीनका लागि रणनीतिक महत्वको रुपमा रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19