काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ५.९६ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ७० करोड रुपैयाँ रहेको थियो।
बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म २ अर्ब ६० करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको देखिएको छ।
समीक्षा अवधिमा बैंकले ९९ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा ८५ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ५०.७९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा १ अर्ब ८५ करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म २ अर्ब ७९ करोड रुपैयाँको उचाइमा पुगेको हो।
बैंकको खराब कर्जाको अनुपात ०.४५ प्रतिशत रहेको छ भने बेस रेट ९.९७ प्रतिशत रहेको छ। सीडी रेसियो भने ७७.६५ प्रतिशत कायम भएको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago