काठमाण्डौ । काठमाण्डौ उपत्यकाभित्र आज मुक्तिनाथ विकास बैंकका ४ वटा शाखा मात्र खुल्ने भएका छन् ।

कोरोना संक्रमण बढ्न थालेपछि सीमित संख्याका शाखाबाट मात्र बैंकिङ सेवा प्रवाह गर्न नेपाल राष्ट्रबैंकले निर्देशन दिएसँगै मुक्तिनाथले आज उपत्यकाभित्र ४ वटा शाखाबाट सेवा दिन लागेको हो । 

उपत्यकाभित्रका कमलादी, कोटेश्वर, कुपण्डोल र महाराजगञ्ज शाखा मात्र खुल्नेछन् । 

यी शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र खुल्ने बैंकले जनाएको छ । 

उपत्यकाबाहिरका शाखाका हकमा भने स्थानीय निकाय तथा स्थानीय प्रशासनबाट प्राप्त निर्देशन बमोजिम हुने बताइएको छ ।