काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानतबापतको ८५ करोड रुपैयाँ र युरो ८७लाख५० युरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको छ ।
यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो ।
‘यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, जसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘अन्तर्राष्ट्रिय अदालतमा सुनुवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानतबापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमै यो पहिलो उदाहरण हो ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago