काठमाण्डौ । सीमा विवादका कारण चीन र भारतबीचको व्यापार तथा प्रविधिमा प्रभाव देखिन थालेको छ।

विश्वकै सबैभन्दा धेरै जनसंख्या भएका चीन र भारतबीच यदि व्यापारिक युुद्ध भए दुुवै देशले निकै ठूलो घाटा व्यहोर्नुुपर्नेछ। आपसी सम्बन्ध देखिएको तनावका कारण भारतको राजधानी दिल्लीले आफ्नो छिमेकीमाथि आर्थिक दबाब दिन इच्छुुक रहेको संकेत दिएको छ। 

यही विवादबीच भारतको गुुजरात राज्यमा चीनसँगको अर्बौं डलरको व्यापारिक सम्झौता रोक्का गरिएको थियो। चीनमाथि दबाब सिर्जना गर्ने प्रयासस्वरुप गत साता भारतले चीनको लोकप्रिय एप टिकटक वीच्याट र उइबोसहित ५९ चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाएको थियो। उइबोले भारत सरकारको आग्रहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उइबो अकाउन्ट हटाएपछि दुुवै देशबीचको तनावले नयाँ राजनीतिक उचाइ हासिल गरेको छ। 

चीनविरुद्ध भारत आक्रामक शैलीमा उत्रिए पनि यसको ठीक विपरीत चीन भने संयमित र सावधानीपूर्वक प्रतिक्रिया जनाइरहेको छ। भारतले आफ्ना ५९ एपहरुलाई प्रतिबन्ध लगाउने निर्णयप्रति प्रतिक्रिया जनाउँदै गत मंगलबार चिनियाँ अधिकारीहरुले यस विषयमा आफूहरुको ध्यानाकार्षण भएको र गम्भीर बनेको बताएका थिए। यद्यपि यस विषयमा चिनियाँ पक्षबाट भारतविरुद्ध कुुनै पनि चेतावनी आएको छैन। 

गत शुुक्रबार चीनको विदेश मामिला मन्त्रालयका प्रवक्ताले चीन र भारत दुुवै देशले सँगै मिलेर काम गर्नुुपर्ने र दुुवै देशबीचको सहकार्यमा उत्पन्न गरिएको बाधाअड्चनहरुले भारतको स्वार्थलाई असर पुुर्याउने बताएका थिए। इन्डियन इन्स्टिच्युट अफ पब्लिक एडमिनिस्ट्रेसनकी प्राध्यापक गीतान्जलि नटराज भन्छिन्, ‘अहिलेसम्म चीन वर्तमानको परिस्थितिलाई मात्रै आँकलन गरिरहेको छ र व्यापारिक युुद्धले दुुवै देशलाई फाइदा पुुर्याउने छैन।’

चीनको कठिन मार्ग 

भारतले चिनियाँ एपहरुमाथि लगाएको प्रतिबन्धको जवाफ दिन चीनसँग प्रशस्त उपायहरु छन्। चीनका लागि भारत लामो समयदेखि एक महत्वपूर्ण व्यापारिक साझेदारका रुपमा रहँदै आएको छ। 

सन् २०१९ को अप्रिल महिनादेखि यो वर्षको मार्च महिना भारतले चीनबाट ६५ बिलियन डलरबराबरको वस्तुु खरिद गरेको थियो। यो परिणाम भारतको कुुल आयातको १४ प्रतिशत हुुन आउँछ। 
सोही अवधिमा चीनले भारतबाट १६.६ बिलियन डलरबराबरको वस्तुु खरिद गरेको थियो। त्यति बेला चीन अमेरिकापछि भारतका लागि दोस्रो ठूलो व्यापारिक साझेदार बनेको थियो। त्यसमा हङकङसँग गरिएको व्यापारको मूल्य जोडिएको छैन। 

चीनले भारतको व्यापारमा ठूलो हिस्सा ओगटे पनि भारतले भने चीनको कुल व्यापारमा धेरै कममात्रै हिस्सामात्रै ओगटेको छ। चिनियाँ सरकारको तथ्यांकअनुुसार सन् २०२० मा भारतमा चीनको कुुल निर्यातको ३ प्रतिशतमात्रै निर्यात भएको थियो। त्यस्तै गत वर्ष भारत चीनको १२ ठूलो व्यापारिक साझेदारका रुपमा रहेको थियो। 

विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन पहिले नै थुुप्रै मञ्चहरुमा दबाबहरु व्यवस्थापन गरिरहेको छ। यसमा हङकङको नयाँ सुुुरक्षा कानुुनलाई लिएर पश्चिमा देशहरुसँगको सिर्जित नयाँ तनाव र कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्ने विषय पनि समावेश छन्। 

यतिमात्रै नभई चीन आफ्नो देशभित्रको आर्थिक संकटहरुको समेत व्यवस्थापन गरिरहेको छ। यसमा यो वर्षको पहिलो त्रैमासमा ऐतिहासिक रुपमा देखिएको आर्थिक संकुुचन र बढ्दो बेरोजगार पनि समावेश छ। ‘चीन यतिबेला भारतसँगको सीमा विवादका कारण कठिन मार्गमा छ तर यस विषयलाई लिएर चीन मुुढझेढ चाहँदैन’, अमेरिकासँग आधारित चिनियाँ रणनीतिक विश्लेषणको थिंक ट्यांकका अनुुसन्धानकर्ता डेङ युुवेनले भने। 

नटराजका अनुुसार चीन भारतसँगको आफ्नो व्यापारिक सम्बन्ध तोड्न चाहँदैन र चीन अझै पनि बर्सेनि अर्बौं डलरबराबरको सामग्री भारत पठाइरहेको छ। उनी भन्छिन्, ‘चिनियाँ कम्पनीहरु पहिलेदेखि नै अमेरिकासँग उच्चतम व्यापारिक प्रतिबन्धहरुको  सामना गरिरहेको छ। त्यसैले भारतको ठूलो बजारलाई नकार्न चीनलाई त्यति सजिलो छैन।” 

यस मामिलामा राजनीतिक पाटोको भूमिका पनि एकदमै महत्वपूर्ण रहेको छ। डेङका अनुुसार सीमा विवादको विषयमा चीन धेरै नरम पनि हुुन सक्दैन। यसो गर्दा देशभित्र जनतामा आक्रोश उत्पन्न हुुने खतरा पनि त्यतिकै रहेको छ। ‘चिनियाँ जनता भारतलाई त्यसै छोड्नुुहुँदैन भन्ने सोच राख्दछन्। उनीहरुको नजरमा चीन र भारत भिन्न तौल समूहका दुइटा बक्सरजस्तै हुुन्। उनीहरु बढी तौल भएको बक्सरले कम तौल भएकोलाई हराउन त्यति गाह्रो नहुुने सोच्छन्’, डेङ भन्छन्। 

भारतको द्विविधा 

नटराजका अनुुसार व्यापारिक युुद्धमा चीनभन्दा धेरै भारतले गुुमाउनेछ। अन्य देशहरुजस्तै एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारत पनि कोरोनाको महामारी र यसको रोकथामका लागि जारी गरिएको लकडाउनबाट नराम्ररी प्रभावित भएको छ। 

यो गर्मीयाममा भारतको औद्योगिक उत्पादन नाटकीय रुपमा संकुुचित भएको छ। त्यस्तै सेवा क्षेत्रसमेत धरासायी बनेको छ। व्यापारिक र आर्थिक क्रियाकलापहरु जुुलाई महिनासम्मसमेत संघर्ष गरिरहेका छन्। 

नटराजका अनुुसार भारतको विद्युतीय, औषधि र आईटी हार्डवेयर क्षेत्र मुुख्य गरी चिनियाँ आयातमा निर्भर रहेको छ। भन्सार र डेलिभरी कम्पनीहरुले यो विवादका कारण व्यापारमा अवरोध उत्पन्न भइरहेको बताएका छन्। देशको अर्थतन्त्रमा देखिएको संकटको बेला चीनसँग व्यापारीक युुद्धमा होमिनुु भारतका लागि द्विविधाका रुपमा देखिएको छ। 

दुुवै देशसँग व्यापारिक युुद्धमा नहोमिनुुका लागि कारणहरु भए पनि सीमा विवादले उत्पन्न भएका अपरिपक्व भावनाहरुले दुुवै देशलाई त्यसतर्फ धकेल्न सक्ने सम्भावनासमेत रहेको छ। – एजेन्सी