काठमाण्डौ । संस्थाको पहिचान संकटमा परेको बेला विश्व व्यापार संगठन (डब्ल्यूटीओ) मा नेतृत्वका लागि दौड सुरु भइसकेको छ।

यो दौडमा मेक्सिकोका जिसस सियडी कुुरी, नाइजेरियाका एनगोजी ओकोन्जो इवेला, इजिप्टका अब्देल हमिद म्यामदो, मोल्डोभाका टुुडोर युुलियानोभिची, दक्षिण कोरियाका युु म्युुङ ही, केन्याका अमिना सी मोहमेद, साउदी अरबका मोहमद मजियद अल तुुवाइजिरी र बेलायतका लियाम फक्स छन्।  

जिसस सन् २०१८ देखि मेक्सिकोको विदेश मामिला मन्त्रालयमा काम गर्दै आइरहेको एक अर्थशास्त्री हुुन्। उनी यूएसएमसीएका लागि मेक्सिकोका तर्फबाट प्रमुुख मध्यस्तकर्ताका रुपमा रहेका थिए। यूएसएमसीए अमेरिका, मेक्सिको र क्यानडाको त्रिदेशीय व्यापारिक सम्झैता हो। 

नेतृत्व दौडमा रहेका इवेला विश्व वित्तीयविज्ञ हुुन्। उनले दुुईपटक केन्याको वित्तमन्त्रीका रुपमा काम गरिसकेकी छन्। उनलाई सन् २०१९ मा ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचारविरुद्धको आठजना महिला योद्धाका रुपमा राखेको थियो। त्यस्तै, टाइम म्यागजिनले सन् २०१४ मा विश्वका १०० जना प्रभावशाली महिलाको सूचीमा इवेलालाई राखेको थियो। 

पहिले डब्ल्यूटीओमा काम गरिसकेका अब्देल सन् २०१७ देखि परामर्शदाताका रुपमा काम गर्दै आइरहेका छन्। उनले सन् २००१ देखि २०१७ सम्म डब्ल्यूटीओमा व्यापार र सेवा क्षेत्रको प्रबन्धक तथा संस्थाको लगानी डिभिजनमा रहेर काम गरेका थिए। 

चर्चामा रहेका अर्का उम्मेदवार टुुडोरले सन् २०१८ देखि २०१९ सम्म मोल्डोभाको विदेश मन्त्रालयमा काम गरेका थिए र १५ वर्षसम्म कूटनीतिज्ञका रुपमा काम गर्दै आइरहेका थिए। 

यसैगरी म्युुङ ही कोरियामा व्यापारमन्त्रीका रुपमा काम गर्ने पहिलो महिला हुुन्। 

मोहमेदले सन् २०१३ देखि २०१८ सम्म केन्याको विदेश मामिला र अन्तर्राष्ट्रिय व्यापारमन्त्रीका रुपमा काम गरिसकेकी छन्। सन् २०१५ मा उनले डब्ल्यूटीओको मन्त्रीस्तरीय सम्मेलनको अध्यक्षता पनि गरेकी थिइन्। डब्ल्यूटीओको उच्च मञ्चमा अफ्रिकाबाट प्रतिनिधित्व गर्ने उनी पहिलो महिला हुुन्।  

मोहमद स्थानीय र अन्तर्राष्ट्रिय आर्थिक रणनीतिक मामिलामा साउदीको शाही अदालतमा परामर्श दिने मन्त्रीका रुपमा काम गर्दै आइरहेका छन्। मन्त्री बन्नुुपूर्व मोहमद बैंकिङ क्षेत्रमा काम गर्थे। 

फक्सले बेलायतको अन्तर्राष्ट्रिय व्यापारका लागि सचिवका रुपमा काम गरेका छन्। अहिले उनी बेलायतमा संसद् छन्। 

डब्ल्यूटीओको वर्तमान प्रबन्ध निर्देशक रिकार्डाे एजिभेडोले यही वर्षको अगस्ट ३१ मा आफूले डब्ल्यूटीओ छोड्न लागेको बताएका छन्। उनी आफ्नो कार्यकाल सकिनुभन्दा एक वर्षअगावै डब्ल्यूटीओ छोड्न लागेका हुुन्। 

रिकार्डोले आफ्नो व्यक्तिगत कारणले संस्था छोड्न लागेको र कोरोना महामारीपछिको वास्तविकताको सामना गर्न नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय व्यापारको वकालत गर्ने विषयमा धेरैले डब्ल्यूटीओेको भविष्यप्रति प्रश्नचिह्न उठाइरहेका बेला संस्थामा परिवर्तन देखिन लागेको हो। 

संस्थाको नेतृत्व जसले गरे पनि धेरैजसो अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय व्यापार प्राथमिकतामा पर्न नसकिरहेका बेला संस्थाले आफ्नो साख पुुनः प्राप्ति गर्नुुपर्ने आवश्कतामा विश्लेषकहरुले जोड दिएका छन्।