काठमाण्डौ । बेलायतको वेल्सस्थित तलबोट बन्दरगाहमा रहेको टाटा स्टिलमा कार्यरत हजारौँ कामदारको रोजगार गुुम्न सक्ने अवस्था सिर्जना भएको छ।

बेलायत सहर एबिराभोनका सांसद स्टेफेन किन्नकले अहिलेको भट्टीलाई विद्युतीय भट्टीले प्रतिस्थापन गर्ने योजना बनिरहेकाले स्टिल उद्योगको भविष्यमाथि प्रश्न उठेको बताएका छन्। तर टाटा गुुप्रले यसबारे कुुनै पनि निर्णय नभएको भन्दै यसलाई अपुुष्ट अनुुमान भनेर व्याख्या गरेको छ। तथापि कम्युुनिटी युुनियनले कम्पनीलाई यस विषयबारे तत्कालै स्पष्टीकरण दिन आह्वान गरेको छ। 

सांसदले किन्नकले आफूले टाटा स्टिलले यो योजनाबारे बेलायत सरकारलाई जानकारी गराएको भन्ने सूचना पाएको बताएका छन्। उनी भन्छन्, ‘टाटा स्टिलका पदाधिकारीहरुले कम्पनीमा काम गर्ने कामदार र ट्रेड युुनियनसँग छलफल नै नगरी यस्तो खालको प्रस्ताव गर्नुुहुँदैन थियो।’

उता टाटा स्टिल युुरोपका प्रवक्ताले कोरोना महामारीका कारण कम्पनीले बेलायतमा संरचनागत चुुनौतीको सामना गरिरहेको एक विज्ञप्तिमार्फत बताएका छन्। विज्ञप्तिमा आफूहरु थुुप्रै विकल्पका बारेमा बेलायत सरकारसँग छलफल गरिरहेको र यसमा कम्पनीको भविष्यका लागि बेलायत सरकारको सम्भावित सहकार्य र सहभागिता पनि समावेश गरिएको उल्लेख छ। ‘हामी सरकारसँग छलफलमै छौँ र अहिलेको अवस्थामा कुुनै पनि निर्णय भइसकेको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यदि यस विषयमा कुुनै पनि प्रगति हुुन्छ भने यसबारे सर्वप्रथम कर्मचारीलाई जानकारी गराइनेछ र कर्मचारीका प्रतिनिधिसँग यसबारे सल्लाह गरिनेछ।’ – एजेन्सी