काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।
संस्थाको हिजो शनिबार काठमाण्डौमा भएको विशेष साधारणसभाले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको हो। सभामा सञ्चालन समितिका तर्फबाट विशेष प्रस्तावका रुपमा राखिएको जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने एजेन्डा छलफल गरी पारित गरिएको थियो।
सभाले प्राप्ति प्रयोजनका लागि मूल्यांकनकर्ताबाट चल–अचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्रतिवेदन डीडीए र दुवै संस्थाको सञ्चालक समितिको आपसी समझदारीका आधारमा संयुक्त प्राप्ति समितिबाट स्वरोजगारको १०० कित्ता सेयरबराबर जनकपुर लघुवित्तको ७० कित्ता सेयर कायम हुने गरी गरिएको सेयर स्वाप अनुपातलाई पनि अनुमोदन गरेको छ।
प्राप्तिपछि स्वरोजगार लघुवित्तको सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्याकारी अधिकृत र उनीहरुका कार्यकाल यथास्थिति रहने निर्णय पनि सभाले गरेको छ। जनकपुर लघुवित्तलाई प्राप्ति गरेपछि कायम हुने चुक्तापुँजीका आधारमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित भएको छ।
सभाले प्राप्तिपछि वित्तीय संस्थाको नाम स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड नै रहने प्रस्ताव पारित गरेको छ। संयुक्त कारोबार स्वरोजगारको केन्द्रीय कार्यालय काभ्रेको बनेपाबाट गरिनेछ। संयुक्त कारोबारपछि नेपाल राष्ट्र बैंकको स्वीकृति लिई वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौको नागार्जुन स्थानान्तरण गरिने संस्थाले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago